नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज

सारांश

  • काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजेय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ।
  • हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
  •    प्राधिकरणले लाइसेन्स खारेज गरेपनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्छ।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजेय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ। हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।   प्राधिकरणले लाइसेन्स खारेज गरेपनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्छ।

आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले  व्यवसायी सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज  गर्ने निर्णय गरेको हो। कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ  तोकिएको समयमा नतिरेपछि खारेज गरिएको खनालले जानकारी दिए।

प्राधिकरणले यसअघि कम्पनीलाई जेठ मसान्तको अन्तिम समयसीमा रहेको चेतावनी दिएको थियो। त्यस विरुद्ध सुमार्गी अदालत पुगेका थिए। सर्वोच्चले उनको पक्षमा उनको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेपछि प्राधिकरणले खारेज गर्ने निर्णय गरेको हो।  प्राधिकरणले सर्वोच्चको आदेशपछि संचालक बोर्डको निर्णयबाट नै भदौ १ सम्म पहिलो किस्ता वापतको ७ करोड बराबर रकम नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुमार्गीको कम्पनीले भदौ १ सम्म रकम बुझाएको विवरण प्राधिकरणमा नबुझाउँदा बोर्डको निर्णय अनुसार स्वतः लाइसेन्स खारेज भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए। योसँगे सुमार्गीको कम्पनीलाई पहिलो किस्ता बुझाएको ३ महिनाभित्र बाँकी रकम बुझाउन समय दिएको थियो। सुमार्गीले प्राधिकरणकलाई ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी थियो। पहिलो किस्ता बुझाउन उसलाई १५ दिनको समय दिइएको थियो। 

ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो। नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ।

उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन।

(https://rentalsfloridakeys.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gokul Koirala

    Dhukk hunus.prachad hunuhunx.kei n kei milaunu hunx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?