उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु
सारांश
- सप्तरी, ७ असार ।
- नेपाली मूलका भारत का चर्चित गायक उदितनारायण झाको घरमा निर्माण सम्बन्धी काम गर्दा एक भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएकाे छ ।
- सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा भारतको सुपोल निवासी २५ वर्षीय सञ्जीवकुमार यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।
सप्तरी, ७ असार । नेपाली मूलका भारत का चर्चित गायक उदितनारायण झाको घरमा निर्माण सम्बन्धी काम गर्दा एक भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएकाे छ ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा भारतको सुपोल निवासी २५ वर्षीय सञ्जीवकुमार यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।
उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया