उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै

सारांश

  • दक्षिण कोरिया, १५ साउन ।
  • उत्तर कोरियाका खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् ।
  • इन्डोनेसियाको राजधानी जाकार्ता र पालेमवाङमा यही अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकूद प्रतियोगितामा संयुक्त टोली पठाउने निर्णय अनुसार खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् ।

दक्षिण कोरिया, १५ साउन । उत्तर कोरियाका खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् । इन्डोनेसियाको राजधानी जाकार्ता र पालेमवाङमा यही अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकूद प्रतियोगितामा संयुक्त टोली पठाउने निर्णय अनुसार खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् ।

खेल अभ्यासका लागि बनेको ३४ खेलाडी र सम्बन्धित खेलका प्रशिक्षकहरूको एक प्रतिनिधिमण्डल चीनको बेइजिङ हुँदै दक्षिण कोरियाको इन्चिअन विमानस्थलमा पुगेको हो । दुई कोरियाले ड्रयागन डुङ्गा प्रतिस्पर्धा, महिला बास्केटबल र डुङ्गा खियाउने तीन खेलमा संयुक्त टोली पठाउने निर्णय यस बर्ष गरेको हो । दुई मुलुकले गृष्मकालीन तथा शीतकालीन कुनै पनि एशियाली खेलमा कहिल्यै संयुक्त समूह पठाएका थिएनन् ।

उत्तर कोरियाको प्रतिनिधिमण्डलमा १८ जना क्यानोइष्ट, आठ रोअर तथा चार महिला बास्केटबल खेलाडी छन् भने चारजना सहयोगी कर्मचारी रहेका छन् । अत्यन्त्यै कडा सुरक्षा घेराबीच उत्तर कोरियाली खेलाडीले सञ्चारकर्मीसँग पनि कुनै प्रतिक्रिया नदिइकन विमानस्थलबाट बाहिरिएका थिए । संयुक्त खेल अभ्यासका लागि दक्षिण कोरिया आइपुग्दा कस्तो अनुभूति भएको छ भन्ने प्रश्नमा उत्तर कोरियाली ओलम्पिक समितिका महासचिव हान हो–चोलले सिधा उत्तर दिए, “तपाईहरू सबैलाई देख्दा राम्रो लागेको छ ।”

विमानस्थलमा उत्रँदा उत्तर कोरियाली खेलाडी तथा प्रशिक्षक सबैजनाको नीलो पहिरन रहेको थियो । पुरुष खेलाडीले नीलो आकाशे रङको शर्ट र गाढा नीलो पाइन्ट र गुलावी टाई लगाएका थिए भने महिला खोलाडी नीलो ‘वन पिस’ पहिरनमा थिए । उनीहरू विमानस्थलबाट चुङ्जु शहरतर्फ बसमा चढेर गएका थिए । त्यहाँ उनीहरूलाई आगामी केही हप्ता प्रशिक्षण दिइने छ । चोङ्जु दक्षिण कोरियाको राजधानी सोलबाट १५० किलोमिटर टाढा रहेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    A TO Z Nepal

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
पुतली बगैंचामा नयाँ संसद् भवन
पुतली बगैंचामा नयाँ संसद् भवन
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्यको कति ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्यको कति ?
काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
नेपाल र केन्याबीच क्रिकेट:नेपालको चौंथो विकेट गुम्यो
नेपाल र केन्याबीच क्रिकेट:नेपालको चौंथो विकेट गुम्यो
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी
दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी

तपाईंले छुटाउनुभयो कि?