बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
सारांश
- स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले मंगलबारबाट मतदाता शिक्षा तालिम सुरु गरेको छ ।
- आयोगले स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा तालिम सुरु गरेको हो ।
- पहिलो चरणको मतदाता शिक्षा तालिम मंगलबारबाट काठमाडौं सुरु गरिएको हो ।
स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले मंगलबारबाट मतदाता शिक्षा तालिम सुरु गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा तालिम सुरु गरेको हो ।
पहिलो चरणको मतदाता शिक्षा तालिम मंगलबारबाट काठमाडौं सुरु गरिएको हो ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचनमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन र निर्वाचनमा सबैलाई भाग लिने वातावरण बनाउनका लागि मतदाता शिक्षा तालिमको सुरु गरिएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।
आयोगले मतदाता शिक्षा तालिमलाई ३ चरणमा संचालन गर्ने कार्यक्रम पनि तय गरेको छ । पहिलो चरणको तालिम ३० जना मख्य प्रशिक्षकलाई दिईनेछ ।
दोस्रो चरणमा ३० जना मुख्य प्रशिक्षकले क्षेत्रीय प्रशिक्षकलाई तालिम दिनेछन । क्षेत्रीय प्रशिक्षकले जिल्ला तहलाई मतदाता शिक्षा तालिम दिइने व्यवस्था पनि मिलाइएको छ । त्यसपछि सबै जिल्ला तहले प्रशिक्षण लिएपछि आम दातादातालाई निर्वाचनबारे जानकारी गराउन २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्ने निर्वाचन आयोगको तयारी छ ।
चैतको अन्तिम सातासम्म २१ हजार मतदाता शिक्षा स्वयम सेवक परिचालन गरी निर्वाचनबारे सम्पूर्ण जानकारी दिने तयारीमा निर्वाचन आयोग जुटेको आयोगका सहसचिव ढकालले स्पष्ट पारे ।
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्री, योजना र बजेटको व्यवस्था भईसकेको पनि जनाएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदानको कार्यक्रम पनि चैत्र महिना भित्रै सम्पन्न गर्ने योजना बनाएको छ ।
आयोगले निर्वाचनको कामलाई तीव्र गतिमा अघि बढाउन सबै स्थानीय तहमा चैत्र ३ गते भित्र कर्मचारी खटाउन पनि सरकारलाई निर्देशन दिइसकेको छ । आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पनि सबैमा आह्वान गर्दैै आएको छ ।
प्रतिक्रिया