आउने भयो केरुङ-काठमाडौं विद्युतीय रेल, चीन भ्रमणमा १४ सम्झौता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आउने भयो केरुङ-काठमाडौं विद्युतीय रेल, चीन भ्रमणमा १४ सम्झौता

सारांश

  • काठमाडौँ, ८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विद्युतीय कार्गो रेल केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौतामा हस्ताक्षर भएको छ।
  • बेइजिङमा बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रेल ल्याउने सम्झौतामा हस्ताक्षर भएको हो।
  • समझदारीपत्रमा हस्ताक्षरपछि केरुङबाट काठमाडौं विद्युतीय रेल आउने बाटो खुलेको छ ।

काठमाडौँ, ८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विद्युतीय कार्गो रेल केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

बेइजिङमा बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रेल ल्याउने सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपछि केरुङबाट काठमाडौं विद्युतीय रेल आउने बाटो खुलेको छ । त्यसैगरी नेपाली र चीनको सरकारी तथा निजी क्षेत्रबीच बेइजिङमा बुधबार मात्रै ८ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भैसकेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार ‘द्विपक्षीय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खसाङको उपस्थितिमा दुई देशबीच १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच कुल २२ वटा सम्झौता, समझदारीपत्रमा हस्ताक्षर भएको छ। रेलवे परियोजना, ऊर्जा क्षेत्र, तातोपानीस्थित मितेरी पुलको पुनर्निर्माण, रसुवा पुलको पुनर्निर्माण लगायतका विषयमा सम्झौतामा भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?