सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड

सारांश

  • काठमाडौं, बैशाख ३० ।
  • आइपिएलमा डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन गरेपछि प्रचण्डले ट्वीट गर्दै बधार्इ दिएका छन् ।
  • ट्वीटमा  प्रचण्डले लेखेका छन् ‘ नेपाली क्रिकेट टीमका युवा खेलाडी सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल)को हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई दिन चाहन्छु ।

काठमाडौं, बैशाख ३० । आइपिएलमा डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन गरेपछि प्रचण्डले ट्वीट गर्दै बधार्इ दिएका छन् ।

ट्वीटमा  प्रचण्डले लेखेका छन् ‘

नेपाली क्रिकेट टीमका युवा खेलाडी सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल)को हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई दिन चाहन्छु । आफ्नो पहिलो खेलमा नै महत्वपूर्ण विकेटसहित उनल गरेको कुशल प्रदर्शनले संसारभरिका नेपालीको शीर गर्वले ठाडो भएको छ । यसबाट नेपाली क्रिकेटको विकासका लागि समेत ठूलो उर्जा प्रदान गरेको छ । हामी सबै नेपालीहरुलाई बधाई र नेपाली त्रिकेटको उज्ज्वल भविष्यको शुभकामना ।’

नेपालका युवा क्रिकेटर, चर्चित बलर सन्दीप लामिछानेले नेपालीहरुलाई विश्वभरी चिनाउन सफल भए ।

आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट अनुबन्धित सन्दीपले आइपिएलको नियमानुसार ४ ओभर खेले ।

उनले ४ ओभरमा २५ रन मात्र दिएर आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्न सफल भएका छन् ।सन्दीपले रोयल च्यालेन्जर्सका पार्थिव पटेलको विकेट लिएका हुन ।

पटेल सन्दीपको हातबाट एल्बिडब्ल्यु आउट भए। सन्दीपले पटेललाई आफ्नो स्पेलको तेस्रो ओभरको चौथो बलमा शिकार गरे।

योसँगै विश्वभरीबाट सन्दीप सन्दीपको नाम सामाजिक सञ्जालमा गुञ्जिएको छ ।

सन्दीपको खेलको अहिले संसारभरि चर्चा चलिरहेको छ । युवा खेलाडी सन्दीपले नेपालीहरुको शीर गर्वले उँचो पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?