आत्मघाती गोल, जसका कारण खेलाडिले ज्यान गुमाउनुपर्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
आत्मघाती गोल, जसका कारण खेलाडिले ज्यान गुमाउनुपर्यो

सारांश

  • जारी विश्वकपमा मोरोक्कोले गरेको आत्मघाति गोलका कारण इरानले जितहासिल गेरपछि एउटा पुरानो घट्नालाई ताजा बनाईदिएको छ ।
  • घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो, जब कोलम्बियाका फुटबल खेलाडी आन्द्रे एस्कोबारले १९९४ को विश्वकप खेलमा एक आत्मघाती गोलको मुल्यमा आफनो ज्यान गुमाउनु परेको थियो ।
  • २२ जून १९९४ मा कोलम्बिया र अमेरिकाबीच भैरहेको महत्वपूर्ण खेलमा कोलम्बियाली फुटबल टिमले १–२ को हार सामना गर्नुपर्यो ।

जारी विश्वकपमा मोरोक्कोले गरेको आत्मघाति गोलका कारण इरानले जितहासिल गेरपछि एउटा पुरानो घट्नालाई ताजा बनाईदिएको छ ।

घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो, जब कोलम्बियाका फुटबल खेलाडी आन्द्रे एस्कोबारले १९९४ को विश्वकप खेलमा एक आत्मघाती गोलको मुल्यमा आफनो ज्यान गुमाउनु परेको थियो ।

२२ जून १९९४ मा कोलम्बिया र अमेरिकाबीच भैरहेको महत्वपूर्ण खेलमा कोलम्बियाली फुटबल टिमले १–२ को हार सामना गर्नुपर्यो । यस खेलको क्रममा कोलम्बियाको तर्फबाट डिफेन्डर आन्द्रे एस्कोबारले एक आत्माघाती गोल गरेका थिए । हार ब्यहोरेको कोलक्बियाको टिम यो खेलसंगै विश्वकपबाट बाहिरिएको थियो । विश्वकपमा हार ब्यहोरेको कोलम्बिया घर फर्किएको ठिक दश दिनपछि यो घट्ना घट्न पुगेको थियो ।

२ जूलाई १९९४ मा आन्द्रे एस्कोबार उनको शहर मेडिलिनमा एक पब बाहिर उभिएको समयमा उनीमाथि गोलि प्रहार भएको थियो । नाइट क्लबको बाहिर कार पाकिङ गर्ने ठाउँमा तीन जानाको समुहमा रहेको अज्ञात समुहले उनीमाथि अन्धाधुँन्द गोलिचलाउदा उनको मृत्यु भएको थियो ।

बिहान ३ बजेको समयमा भएको यस धटनामा उनको शरिरमा बाह्र राउन्ड गोलि प्रहार भएको थियो । जुन धटनालाई उनले गरेको आत्मधाति गोलको परिणामको रुपमा हेरिन्छ ।

एक रिपोटका अनुसार आन्द्रेमाथि गोली चलाउनुभन्दा पहिले हमलाकारीले ‘आत्मधाति गोलकोलागी धन्यबाद’ भन्दै गोलि चलाएका थिए । आक्रमणकारीले गोली चलाईरहँदा आन्द्रेले गोल गोल भन्दै कराएका थिए । घट्नालगतै आन्द्रेलाई अस्पताल लगिएपनि उनलाई बचाउन सकिएन । उनको शबयात्रामा करिब १२०,००० मलामीको सहभागीता थियो ।

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?