एस्टन भिल्लासँग हार्‍यो आर्सनल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
एस्टन भिल्लासँग हार्‍यो आर्सनल

सारांश

  • काठमाडौं।
  • इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ।
  • गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो।

एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडि आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको छ।

यो जितपछि एस्टन भिल्लाको १६ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

साथै यो हारपछि आर्सनलले शिर्ष स्थानमा रहने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको दोस्रो हार हो। १६ खेलमा ३६ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा एक अंकले पछाडी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?