अब पक्राउ पर्ने समय टुरिष्ट गाइडहरुकाे

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अब पक्राउ पर्ने समय टुरिष्ट गाइडहरुकाे

सारांश

  • काठमाडौं, ९ असार।
  •    डाक्टर, इन्जिनियर र पाइलटपछि नक्कली टुरिष्ट गाइडहरु पक्राउ परेका छन्।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले त्यस्ता ६ जना नक्कली गाइडलाई पक्राउ गरेको हाे ।

काठमाडौं, ९ असार।   डाक्टर, इन्जिनियर र पाइलटपछि नक्कली टुरिष्ट गाइडहरु पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले त्यस्ता ६ जना नक्कली गाइडलाई पक्राउ गरेको हाे ।

उनीहरुले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा स्नातक तहको परिक्षा उत्तिर्ण गरी चिनियाँ भाषाको पर्यटक पथ प्रदर्शकको अनुमती देखाएर काम गर्दै आएका थिए। तर, उनीहरुले नाथममा पढ्दै नपढेको खुलेको छ। नपढीकन त्यस्तो अनुमती पत्र पाइदैन।

अनिल महर्जन, रमेश महर्जन, राजिप महर्जन, अमृत डंगोल, किशोर चौगुठी, माधव चालिसेलाई सिआइबीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?