व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
३० पटक हेरिएको
Shares
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो

सारांश

  • दीपिका पादुकोण र रणवीर सिंह पछि बलिउडमा विहे गर्ने पालो प्रियंका चोपडाको रहेको छ ।
  • अमेरिकी गायक निक जोन्सनसँग लगनगाँठो कस्न लागेकी प्रियंकाको विहेको दिन निकै नजिक आइसकेको छ ।
  • डिसेम्बर २ मा निकसँग विहे गर्न लागेकी प्रियंकालाई विहेको यस्तो चटारोको बीच पनि एउटा फिल्मको सुटिङमा जानु परेको छ ।

दीपिका पादुकोण र रणवीर सिंह पछि बलिउडमा विहे गर्ने पालो प्रियंका चोपडाको रहेको छ । अमेरिकी गायक निक जोन्सनसँग लगनगाँठो कस्न लागेकी प्रियंकाको विहेको दिन निकै नजिक आइसकेको छ । डिसेम्बर २ मा निकसँग विहे गर्न लागेकी प्रियंकालाई विहेको यस्तो चटारोको बीच पनि एउटा फिल्मको सुटिङमा जानु परेको छ ।

बिहेको सम्पुर्ण तयारी छोडेर अहिले प्रियंका नयाँ दिल्लीमा द स्काई इज पिंकको सुटिङमा छिन् । यो फिल्ममा पहिले नै अनुबन्ध भएका कारण उनले अहिले भ्याई नभ्याई सुटिङका लागि समय दिनुपरेको हो । हालै उनले कलाकार फरहानसहितको एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् , जसमा उनीहरु दुवैले दिल्लीको धुँवाधुलो र तुँवालोबाट बच्न अनुहार नै छोपिने गरी मास्क लगाएका छन् ।

प्रियंकाले अभिनय गरिरहेको फिल्म द स्काई इज पिंक मोटिभेसनल स्पीकर आयशा चौधरीको र उनको बाबुआमाको जीवनीमा आधारित छ । फिल्मको निर्देशन सोनाली बोसले गरिरहेकी छिन् । १३ वर्षको उमेरमा पल्मोनरी फ्राइब्रोसिस रोगको पहिचान भएपछि आयशाले आफ्नो जीवनसंघर्ष माथि एउटा किताव लेखेकी थिइन् । सोही कितावमा आधारित रहेर यो फिल्म निर्माण भइरहेको छ ।

सुटिङ सकिए लगत्तै डिसेम्बर २ मा प्रियंका निकसँग विहे गर्नेछिन् । जोधपुरको उम्मेद दरबारमा हुने विवाह हिन्दु र क्रिश्चियन दुवै संस्कार अनुसार हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?