माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।
सारांश
- काठमाडौं, ९ असार।
- चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा.
- केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
काठमाडौं, ९ असार। चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा. केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
जनता र विद्यार्थीमुखी ऐन आउनु पर्ने भन्दै उनले नभए आफ्ना कुरा कसरी सुनाउनुपर्छ भन्ने जानेको बताए ।
प्रदर्शनपछि संक्षित कुरा गर्दै डा. केसीले १४ पटकको अनसनपछि आएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन माग गरे ।
हालै मात्र आफूले भेट्दा शिक्षामन्त्रीले ‘अध्यादेश जे छ, त्यही पास हुन्छ भन्ने छैन’ भनेको सुनाउँदै उनले नेता र माफियामुखी विधेयक ल्याउन खेल भइरहेको बताए । उनले भने, ‘राज्य माफियाहरुले चलाइरहेका छन् । माफियाको इन्ट्रेस्ट विना केही काम हुँदैन ।’
राजनीतिक दल र तीनका नेताहरु त्यतिकै जिम्मेवार रहेको भन्दै डा. केसीले भने, ‘माफिया भनेको त राजनीतिक दलले पो संचालन गर्ने रहेछन् । नेता नै माफिया रहेछन् भन्ने पुष्टि भएको छ ।’
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shakya
सहि कुरा ।
Ishwar Kunwar
aba yo boulauxa