क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
४० पटक हेरिएको
Shares
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !

सारांश

  • काठमाडौँ, ९ कात्तिक ।
  • इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ ।
  • आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्नेछ । ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ ।

नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पु¥याइनेछ । घिमिरेका अनुसार शुक्रबार अपराह्न ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिनेछ । स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राखिनेछ । शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

घिमिरेले भन्नुभयो, “ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो, पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पु¥याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तासम्म ट्रफी पु¥याइन्छ ।” ट्रफी शनिबार बेलुकी पोखराबाट पुनःकाठमाडौँ ल्याइनेछ । त्यस्तै कात्तिक २८ गते ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ । चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले बताउनुभयो ।

सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ । क्रिकेट समर्थक र सर्वसाधारणलाई समेत ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेको भनाइ छ । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
‘राजावादी र विप्लव’ ओली र प्रचण्डको सत्तासंघर्षको तुरुप : संकटमा गणतन्त्र
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने