यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम

सारांश

  • दाङ, ११ असार ।
  • घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
  • नीति तथा कार्यक्रमको पूर्णपाठ : घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभा समक्ष नगर प्रमुख श्री नरुलाल चौधरीद्वारा प्रस्तुत कार्यपालिकाको आ.

दाङ, ११ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमको पूर्णपाठ :

घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभा समक्ष नगर प्रमुख श्री नरुलाल चौधरीद्वारा प्रस्तुत कार्यपालिकाको आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम

नगर सभाका सदस्यज्यूहरु,
ज्ञ। घोराही उपमहानगरपालिकाको यस गरिमामय नगरसभा समक्ष घोराही उपमहानगर कार्यापालिकाको आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु।

यस अवसरमा सर्वप्रथम लोकतन्त्रको बहाली, नागरिक अधिकारको स्थापना, स्वतन्त्रताको उपभोग र समाजको आमूल परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिने ज्ञात अज्ञात शहिदहरु प्रति म उच्च श्रद्धाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मुलुकको राजनीतिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरुपमा ल्याउन योगदान गर्नुहुने सम्पूर्ण अग्रज योद्धाहरुमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।

आफ्नो अमूल्य मत दिएर हामीलाई विजय गराउनु हुने घोराही उपमहानगरपालिका बासी सम्पूर्ण मतदाताहरुप्रति पनि पुनः आदर भाव व्यक्त गर्न चाहन्छु।

नगर सभाका सदस्यज्यूहरु,
हामीले एक वर्ष अघि जिम्मेवारी सम्हाल्दा संघीय ढाँचामा स्थानीय सरकार संचालन गर्नु नितान्त नौलो अनुभव थियो । सिंहदरबारको अधिकार गाउँमा आएको सन्देशले समाज तरङ्गित भएको थियो ।एका तर्फ हरेक नागरिकका तीव्र विकासको आकांक्षालाई विवेकसम्मत रुपमा शिघ्र सेवा पुर्र्याएर सम्बोधन गर्नुपर्ने अवस्था र अर्को तर्फ स्थानीय तहलाई स्थानीय सरकारको रुपमा संचालन गर्नु पर्ने जिम्मेवारीले गर्दा हामीलाई बाटो पहिल्याएर अघि बढ्न हम्मे परिरहेको थियो। हामीले सिक्दै र आफै सिकेको कुरा प्रयोग गर्दै आजको दिनमा आई पुगेका छौँ। यो अन्तररालमा हामीमा सीप, साहस र आत्मविश्वास बढेको मैले महशुस गरेको छु।

हाम्रा शुरुका दिन, हप्ता र महिना संविधानले दिएको अधिकार बमोजिम कार्यसम्पादन नियमावली र कार्य विभाजन नियमावली बनाउन तथा सो बमोजिम अगाडि बढ्नमा नै व्यतित भए। हाम्रो बुझाइलाई फराकिलो बनाउँदै अगाडी बढ्यौँ। हामीले बार्षिक बजेट पारित गर्र्यौँ। आर्थिक विद्येयक र विनियोजन विद्येयक नगरसभाबाट पारित गर्र्यौ। हामीमा हिम्मत थपियो। वार्षिक बजेट कार्यान्वयन गर्न थाल्यौँ। हामी थप उत्तरदायी र जिम्मेवार बन्दै गयौँ। यसरी हामीले हाम्रो समय सिक्न र सम्हाल्नमा उपयोग भयो। आजको यो नगरसभालाई संबोधन गरी रहँदा गत वर्षको तुलनामा हामीलाई धेरै साहस र आत्म विश्वास बढेको अनुभुती भै रहेको छ।

नेतृत्वले नतिजा नियाल्ने र कर्मचारीले प्रक्रिया सम्हाल्ने विधिबाट सुशासन, विकास र समृद्दिको यात्रा सहज हुने मेरो बुझाइ छ। प्रक्रिया सम्हाल्ने जिम्मेवारी बोकेका कर्मचारीको अभाव र अपर्याप्तताबाट वर्ष दिन गुज्रेको छ । अझै प्राविधिक जनशक्तिको अपर्याप्तता रहेकै छ। कर्मचारी समायोजनलाई सघाउनु पर्ने कानूनी कर्तव्य भएकाले धेरै गुनासो गर्न मिलेको छैन। तर नेपाल सरकारले कर्मचारी समायोजनको विषयलाई समयमै सम्पन्न गर्न नसक्दा त्यसको प्रभावले हाम्रो दैनिक प्रशासनमा अझ चुस्तता आउँन सकेको छैन । वडाका कार्यालय, विषयगत शाखाहरु र नगर कार्यापालिकाको कार्यालयबाट सम्पादन हुने कार्यलाई अझ सरलीकरण गर्न तथा प्रविधियुक्त बनाई कार्यान्वयन गराउँन कठिनाई भैरहेको छ।तथापि हामीसँग भएको उपलब्ध स्रोत साधनको अत्याधिक परिचालन गरी राम्रो गर्ने सोंचका साथ हामी अघि बढिरहेका छौँ।

नगरसभाका सदस्यज्यूहरु,
हामीले पहिलो नगरसभा बैठकबाट पारित गरेको आ।व। द्दण्ठद्धरण्ठछ को नीति तथा कार्यक्रम र बजेट मार्फत हाम्रो विकाससम्बन्धी सोंचलाई स्वरुप दिने प्रयास गरेका थियौ। त्यही जगमा उभिएर यो नीति तथा कार्यक्रम तयार पारिएको छ। यस प्रसंगमा अब म बितेको एक वर्षलाई समीक्षा गरेर निकालेको निष्कर्ष यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहन्छु।

यस उपमहानगरपालिकामा स्थानीय सरकारका तीन ओटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको रुपमा क्रमशः नगर कार्यपालिका, नगरसभा र न्यायिक समिति क्रियाशील भएका छन् । नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली र कार्य विभाजन नियमावली स्वीकृत गरेर तदनुरुप कार्य विभाजन र कार्य सम्पादन भैरहेको छ। नगर कार्यपालिकाभित्र विषयगत क्षेत्रको कार्यका लागि कार्यपालिकाको सदस्यलाई कार्यको क्षेत्राधिकार समेत तोकी जिम्मेवारी दिइएको छ। सबै वडा कार्यालयहरु तोकिएको केन्द्रमा संचालन भइरहेका छन्। ‍बिषयगत शाखाहरु क्रमशः स्थापना भई अहिले नेपाल सरकारले स्वीकृत गरेको संगठन स्वरुप बमोजिम जनशक्तिको प्रबन्ध भई रहेको छ।दैनिक सेवा प्रवाहलाई शीघ्र, सहज र सुलभ बनाउने प्रयास गरिएको छ। विकासका आयोजनाहरु जनताले मागेका र शीघ्र लाभ दिने खालका योजना तथा कार्यक्रमलाई छनोट गरिएको छ। अनुगमन कार्यलाई तीब्र पारिएको छ। साविकमा असार महिनामा अन्तिम भुक्तानीका लागि अत्यधिक चाप हुने अवस्थालाई कम गर्न भरपुर प्रयास गरिएको छ।

यसरी अघि बढिरहेको घोराही उपमहानगरपालिकाले यो एक वर्षको अवधीमा केही गणना योग्य काम गरेकोले सोको विवरण प्रस्तुत गर्न चाहन्छु। घोराही उपमहानगरपालिका भित्र ज्ञड किलो मिटर सडकलाई कालोपत्रे गरिएको छ। पहाडी भू(भाग रहेको वडा नं। ज्ञढ को वडा केन्द्र जोड्न घोराही(मसिना लाकुरी छेरा हुँदै जाने नयाँ सडकको ट्रयाक खोल्ने काम भएको छ।

लक्ष्मीपुर(सवारिकोट, बालिमखोला करमकोट बस्तीकोट र रज्यमन्नामीमा सडकको ट्रयाक खोली त्यस भेगमा पहिलो पटक सवारी साधन पुर्र्याइएको छ।दामोदर रोडको कुईरेपानी(सर्राखण्डलाई ज्ञट मिटर चौडाई पार्ने काम पूरा भएको छ। ढिकपुर, गुलरिया, गङगटेसोता, गिठेपानी र कटही गरी छ ठाउँमा जलासाय निर्माण गरिएको छ। वर्षौ देखि नियन्त्रण गर्न नसकिएको लख्वारे कुलामा जलाशय सहितको बाँध निर्माण गरिएको छ । मा।वि। धर्ना लगायत विभिन्न सात ठाउँमा खानेपानी तथा सिंचाइ प्रयोजनका लागि डिप बोरिङको काम भइरहेको छ। वडा नं। ज्ञट लाई खरको छानो मुक्त वडा घोषणा गरिएको छ। फोहोर व्यवस्थापनलाई स्थानीय समुदायको सहयोगमा गल्ने र नगल्ने छुट्टा(छुट्टै रुपमा संकलन गर्न थालिएको छ । छिट्टै फोहर प्रशोधनबाट ग्याँस र मल उत्पादन गर्ने तयारी भै रहेको छ। फोहर व्यवस्थापनका लागि तीनवटा कम्प्याटर गाडी र एक वटा स्काइभेटर गाडी खरिद गरिएको छ । अग्नि नियन्त्रणका लागि थप एक दमकल खरिद प्रकृयामा रहेको छ ।

घोराही उपमहानगरपालिका भित्रका सहर तथा वातावरण क्षेत्रको सफाई बढेको महशुस हुन थालेको छ। वडा नं। २ को रामपुरमा मेडिकल अधिकृत सहितको सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालन भएको छ । ज्येष्ठ नागरिक तथा अन्य नागरिकका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गरिएका छन् । यसै वर्ष वडा नं। १४ मा केरा पकाउने चेम्वर स्थापना गरिएका कारण विषादीरहित केरा खान पाउने अवस्था श्रीजना भएको छ । वडा नं। ठ, ड, ज्ञण्,ज्ञट र १७ को वडा कार्यालयहरुका लागि नयाँ कार्यालय भवन निर्माण भैरहेका छन् । यसै गरी वडा नं। १७ मा रहेको गुलरिया क्रिकेट मैदानमा जग्गा खरिद गरी क्षेत्र विस्तार गरिएको छ। मेयर कप फुटबल खेलकुद आयोजना भई रहेको छ। हाम्रो समन्वयमा यस घोराही उपमहनगरपालिकामा राष्ट्रिय स्तरका क्रिकेट र फुटबल खेल आयोजना भएका छन्। वडा नं।१४ स्थित पशुवधशाला निर्माणका लागि तटबन्ध गरी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । फुट्पाथमा जथाभावी पसल राख्ने बानीलाई पूर्णरुपमा बन्द गरिएकोछ।
ज्ञण्। सर्सर्ती रुपमा हासिल भएका उपलब्धीको आकँडाले हामीमा हौसला थपेको छ। अब हाम्रो समय, सीप, अनुभव र मेहनतलाई घोराही उपमहानगरपालिकाको चौतर्फि विकासमा केन्द्रित गर्दै अघि बढ्न आवश्यक छ। यसका लागि हामीले अघि सारेका राम्रा नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै अब म घोराही उपमहानगरपालिकाका जनताको हित र उन्नति एवं घोराही उपमहानगरपालिकाको समृद्धिको लक्ष्यलाई ध्यानमा राखी तयार पारिएको आ।व। द्दण्ठछरठट का लागि घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु। नीति तथा कार्यक्रमलाई क्रमशः पूर्वाधार, सामाजिक, आर्थिक, वन तथा वातावरण एवं संस्थागत विकास तथा सुशासन प्रवर्द्धनको प्राथमिकता क्रम निर्धारण गरी प्रस्तुत गरिएको छ।

(क) पूर्वाधार विकास
सडक
घोराही उपमहागरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकास गर्दा घोराही उपमहानगरपालिका भित्र चक्रपथ, प्रमुख नदीहरुको दायाँ वायाँ करिडोर र घोराही तुलसीपुर सडक खण्डको उत्तर दक्षिणका क्षेत्र जोड्न सडक निर्माण गरी सबै टोल बस्तीलाई यातायात संजालले जोड्ने नीति लिइनेछ । आर्थिक संवाहकहरु जस्तोः कृषि, उद्योग, पर्यटन, व्यापार, वित्त तथा सहकारी लगाएतका क्षेत्रलाई चलायमान बनाउने परिकल्पना गरेर सडक निर्माणलाई सर्वोपरि प्राथमिकता दिइएको छ।

घोराही उपमहानगरपालिकाले सडक निर्माण गर्दा नगर सदरमुकामबाट सबै वडा केन्द्रहरुलाई जोड्न एक एक वटा सडकहरु छनोट गरी कालोपत्रे गर्ने नीतिलाई निरन्तरता दिइनेछ।वडा नं।ज्ञ, द्द, द्ध, छ, ज्ञज्ञ, ज्ञद्द, ज्ञघ, ज्ञड र ज्ञढ का दुर्गम टोल बस्तीलाई बढीमा आधा घण्टाको पदैल हिडेर यातायात सुविधा भेट्ने गरी थप सडकहरु निर्माण गरिनेछ।

घोराही उपमहानगरपालिकाको घना सहरी क्षेत्रमा स्थानीय समुदायको तीस ९घण्० प्रतिशत र घोराही उपमहानगरपालिको सत्तरी ९ठण्० प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइनेछ। यसै गरी सहरउन्मुख क्षेत्रमा स्थानीय समुदायको पन्ध्र ९ज्ञछ० प्रतिशत र घोराही उपमहानगरपालिकाको पचासी ९डछ० प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गर्ने कार्यलाई पनि जारी राखिनेछ।

सहरभित्रका प्रमुख क्षेत्रहरु, ‍बसपार्क र बस बिसौनीका सडकहरुलाई नियमित मर्मत सम्भार गरिनेछ।

आध्यात्मिक आस्था, पवित्रता र विश्वास बोकेको बबई नदीलाई निर्मल, पवित्र र बाह्रै महिना भरपूर जल प्रवाह भइरहने अवस्थामा विकास गर्न तथा बबई करिडोर संरचना निर्माण तथा सौन्दर्यीकरणका लागि तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरी आगामी आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन तयार गरिने छ। यसबाट बबई सभ्यताको आधारशीला तयार हुनेछ।

सडकलाई जुनसुकै मौसममा पनि यातायात संचालनयोग्‍य बनाउन पुल निर्माण तथा कलभर्ट निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।

सिंचाई
कृषी क्षेत्रमा सिंचाईको पहुंच बढाउन कटुवा खोला र गुर्जे खोलामा ड्याम निर्माणका लागि विस्तृत आयोजना प्रतिबेदन तयार गरिने छ र निर्माण प्रारम्भ गरिनेछ ।सिचाईको सुविधा नभएका कृषी क्षेत्रहरुमा डिप बोरिङ्गको व्यवस्था गरी सिचाई सुविधा उपलब्ध गराइनेछ।ड्याम, साना पोखरी निर्माण, स्प्रिङ्गकलर र थोपा सिंचाई प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।

भवन तथा शहरी विकास
भू(उपयोग नीति बनाई बस्ती विकास, आवास विकास, बजार व्यवस्थापन, कृषि तथा व्यवसाय क्षेत्र जस्ता क्षेत्रमा वर्गीकरण गरी व्यवस्थित रुपमा विकास गर्ने नीति लिइनेछ।अव्यवस्थित बसाईलाई व्यवस्थित गर्ने नीति अवलम्वन गरिनेछ ।

भौतिक संरचना निर्माणगर्दा बालमैत्री, अपाङ्गता मैत्री, जेष्ठ नागरिक मैत्री, महिला मैत्री बनाउन विशेष ध्यान दिइनेछ ।

नगरक्षेत्रको प्रमुख स्थानहरुमा निजी क्षेत्रको सहकार्यमा सोलार बत्ती जडान, ट्राफिक पोष्ट निर्माण तथा गार्डेन निर्माण गरी डिजिटल विज्ञापन सेवा दिने व्यवस्था गरिनेछ । होर्डिङ बोर्ड तथा विद्युत पोलहरुमा टागिएका अव्यवस्थित तारहरुलाई सम्बन्धित निकायहरुसँग सहकार्य गरी व्यवस्थित गरिनेछ ।

उपमहानगर क्षेत्रभित्र बलियो घर सुरक्षित घर निर्माण अभियान सञ्चालन गर्ने र नक्सापास नगरी घर बनाउनेलाई कारवाही गरिने नीति लिइने छ । ग्रामीण क्षेत्र तथा सामान्य आर्थिक स्थिति भएका व्यक्तीले सामान्य किसिमको भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा नगरपालिकाले घर निर्माणका लागि नमूना नक्शाहरु निःशुल्क उपलब्ध गराउने र नक्शा पास गर्ने प्रकृया सरलीकरण गर्नुका साथै सेवा शुल्क रकम न्यूनतम कायम गरिनेछ ।साथै पुराना घरहरुलाई रेक्टोफिटिङ गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।

शहरी यातायात
यातायात व्यवसायीसँग सहकार्य गरी रुट निर्धारण गरी नगर क्षेत्रभित्र सिटीबस संचालन गरिनेछ । साथै पार्किङ व्यवस्थालाई व्यवस्थित गरिनेछ ।

उर्जा, लघु तथा सम्पन्न जलविद्युत
विद्युतबाट बञ्चित रहेका यस उपमहानगरपालिका भित्रका बस्तीहरुमा विद्युत् लाईन जोड्ने नीति लिइनेछ ।

निर्माण कार्यको प्रभावकारी नियमन
यस नगरक्षेत्रभित्रका सार्वजनिक निर्माण कार्य समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको सम्बन्धित निकायबाट लगत लिई ती निर्माण व्यवसायीलाई यस उपमहानगरपालिकाले भविष्यमा निर्माण कार्यमा सम्लग्न नगराउने नीति लिएको छ ।

(ख) सामाजिक
स्वास्थ्य
यस उपमहानगरपालिका क्षेत्रभित्र आधारभूत स्वास्थ्य सेवा निःशुल्करुपमा उपलब्ध गराईनेछ। विशेषज्ञ सेवा प्राप्त गर्न प्रेषण सेवा संचालन गरिने छ।

स्वास्थ्य वीमा कार्यक्रममा सबैलाई सहभागी गराईने नीति लिइने छ।

सबै लिङ्ग, क्षेत्र र समुदाय भित्रका आर्थिक रुपले विपन्न, शारीरिक र मानसिक रुपले अशक्तहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराईनेछ।साथै कुनै पनि नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन आवश्यक व्यवस्था मिलाइने छ।

आयुर्वेद उपचार र वैकल्पिक चिकित्सा प्रणालीको समेत समुचित प्रयोग गरी प्रतिरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक सेवामा सबै नागरिकको सहज पहुँच पुर्याईने छ।

ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिईने छ ।

संक्रामक महामारी रोग फैलन नदिन सेवा केन्द्र सम्म नै सतर्कता अपनाउनुका साथै आपत्कालीन अवस्थामा तत्कालै परिचालन हुन सक्ने गरी टोली गठन गरिने छ।साथै स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित बनाई तथ्यांकहरुको गुणस्तर र विश्वसनीयतामा वृद्धि गरिने छ।

थारु समुदायलाई बढी ग्रसित पारेको सिकल सेल ऐनिमिया निदान गरी सोबाट हुने मानवीय क्षती कम गर्न निःशुल्क ल्याव परीक्षणको व्यवस्था मिलाइनेछ तथा सबै स्वास्थ्य चौकीहरुमा न्यूनतम सेवा सहितको प्रयोगशाला सञ्चालन गर्ने नीति लिइनेछ। शहरी स्वास्थ्य केन्द्रलाई सबै वडामा संचालन गरिनेछ। साथै जनघनत्वको आधारमा थप केन्द्रहरु संचालन गर्न नीति लिईनेछ।

शिक्षा
सामुदायिक विद्यालयहरुलाई गुणस्तरिय पठनपाठनको लागि विद्यार्थीको रोजाईमा पर्ने अवस्थामा पुर्याउन भवन, फर्निचर, कम्प्युटर, कम्पाउन्डवाल लगायतका भौतिक पूर्वाधारले सुसज्जित बनाउने नीति लिइनेछ।सामुदायीक विद्यालयहरुमा कक्षा आठ देखि कम्प्युटर शिक्षा क्रमशः लागू गरिने नीति लिइनेछ।

घोराही उमहानगरपालिकाको लगानीमा प्राविधिक महाविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ।

शैक्षिक गुणस्तर कायम गर्न न्यायोचित तरिकाले विद्यार्थी संख्यामा आधारित रहेर विद्यालय मर्ज, दरवन्दी मिलान र सरुवा प्रक्रियालाई प्राथमिकताका साथ लागू गरिनेछ।

सबै विद्यालयहरुमा आवश्यक शैक्षिक सामग्रीहरु सहितको प्रारम्भिक बाल विकास केन्द्र अनिवार्य रुपमा स्थापना गराउने नीति लिइनेछ।संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच समानान्तर शिक्षण सिकाई तथा अतिरिक्त क्रियाकलापका लागि प्रोत्साहन गरिनेछ ।

मातृभाषामा आधारभूत शिक्षा प्रदान गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति अवलम्वन गरिनेछ ।साथै जेहेन्दार विद्यार्थीहरुका लागि मेयर छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम राखिनेछ।

खानेपानी तथा सरसफाई
सबै वडाहरुमा आधारभूत सरसफाई तथा स्वच्छ खानेपानी उपलब्ध गराईनेछ।घोराही खानेपानी उपभोक्ता समितिलाई अन्य खानेपानी समितिहरुसँग सहकार्य गरी स्तरवृद्धि गर्ने नीति लिइनेछ ।

खेलकुद
प्रत्येक वडामा क्रमशः खेल मैदान निर्माण गरिनेछ।वडा स्तरीय र नगर स्तरीय खेलकुद आयोजना गरेर युवाहरुमा खेलप्रति अभिरुचि जगाउँदै स्वाथ्यकालागि खेलकुद, राष्ट्रका लागि खेलाडिको भावना विकास गर्दै लगिनेछ।

उपमहानगरपालिकामा निर्माणाधीन आधुनिक फुटबल मैदान र क्रिकेट मैदानलाई छिटो भन्दा छिटो सम्पन्न गरिनेछ।

मेयरकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइनेछ।साथै आगामी वर्ष देखि नगरपालिकाको स्थापना दिवसका दिन वडास्तरीय भलिबल रनिङ शिल्डको आयोजना गरिनेछ ।

घोराही शहरलाई खेलकुद आयोजनाको आकर्षक स्थलको रुपमा विकास गर्न र परिचय फैलाउन अन्य आयोजक संस्थाहरुसँग सहकार्य गरी क्रिकेट, फुटबल लगायतका खेलकुदहरु आयोजना गरिनेछ।

महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, लैङ्गिक समानता, लैङ्गिक हिंसा निवारण तथा सामाजिक समावेशीकरण
महिला, बालबालिका तथा लैङ्गिक असमानता र हिंसा निवारणको क्षेत्रमा भएका राम्रा अभ्यास र सिकाईहरुलाई अनुसरण गरिनेछ।लैङ्गिक समानताको अनुभूती गर्न र हिंसामुक्त समाज निर्माण गर्न व्यक्तित्व विकास, संरचनागत विकास र व्यवसायिक विकास गरिनेछ।

नगर भित्र लैगिंक हिंसा प्रभावितका लागि समुदायमा आधारित संरक्षण कार्यक्रम र अल्पकालीन आश्रयगृह ९सेवा केन्द्र० तथा राहत प्रदान गर्ने कामलाई निरन्तरता दिइनेछ ।

लैङ्गिक हिंसा अन्त्य तथा बाल संरक्षण सम्बन्धी स्थानीय तहको नीति तथा रणनीति तयार पार्ने काम अगाडि बढाईनेछ।

बालअधिकार हनन् सम्बन्धी बिषयहरु ९जस्तैः बालविवाह, बालश्रम शोषण, बेचबिखन, शारीरिक तथा मानसीक दण्डसजाय०, लैङ्गिक हिंसा सम्बन्धी विषयहरु ९घरेलु हिंसा, अन्य शारीरिक तथा मानसीक हिंसा एवं सामाजिक कुरीतिहरु ¬जस्तैः जातीय छुवाछुत, दहेज तथा दाइजो, कमलरीप्रथा० रोकथामको लागि विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा बालबालिका र लैङ्गिक हिंसासँग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गरी बालअधिकार हनन् र लैङ्गिक हिंसा विरुद्ध अभियान संचालन गरिनेछ।

समाजमा स्थापित बौद्धिकस्तरका ज्येष्ठ नागरिकका सीप, ज्ञान, बुद्धि, विवेक र कार्यकौशलताको पहिचान गरी त्यस्को उपयोग गरिनेछ ।

अपाङ्गता परिचयपत्र वितरण गरिनेछ । ज्येष्ठ नागरिकहरुको पहिचान गरी परिचयपत्र वितरण, दिवा सेवा केन्द्र संचालन, पुस्ता हस्तान्तरण तथा विशेष संरक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।

एक वडा एक बाल उद्यान केन्द्र बनाउने नीति लिइनेछ । सडक बालबालिकाको पुनर्स्थापनाका लागि यस क्षेत्रमा कार्यरत संस्थासँग सहकार्य गरिनेछ । साथै मौजुदा बालगृह संचालनको न्यूनतम मापदण्डलाई समयानुकूल सुधार गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।

आर्थिक रुपमा विपन्न महिला, दलित, अल्पसङख्यक तथा पिछडिएका समुदायको क्षमता वृद्धि गर्दै लगिनेछ। आयआर्जन तथा विकासमा सहभागिता गराउने नीति लिइनेछ।

जन्म दर्ता नभएका बालबालिका, आमाबुबाविहिन बालबालिका, सडकमा जीवन बिताई रहेका बालबालिका, अनाथ प्रमाणित भएका बालबालिका, बेचबिखन, यौन हिंसा, यौन शोषण, बहुबिवाह, घरेलु हिंसा, जातीय छुवाछुत, दहेज तथा दाइजो, कमलरी प्रथाबाट पीडित तथा अन्य अपराधबाट पीडित भएका महिला तथा बालबालिकाको अभिलेखीकरण गरी सूचना व्यवस्थापन प्रणालीको सुदृढीकरण गरिनेछ।

कानुनी मामिला तथा न्याय
उपमहानगर क्षेत्रभित्रका न्यायमा पहुँच नभएका पीडित, असहाय तथा अशक्तहरुलाई निस्शुल्क कानूनी सेवा उपलब्ध गराईनेछ।

कानूनी साक्षरता कार्यक्रम तथा निर्वाचित जनप्रतिनिधीहरुलाई अति आवश्यक कानूनी ज्ञान प्रदान गर्ने व्यवस्था गरिनेछ।

विवाद समाधान भई परिवारमा पुनःर्स्थापना भएका व्यक्तिहरुको निरन्तर अनुगमन गरिनेछ र पारिवारीक मेलमिलाप र सामाजिक सू(सम्बन्धलाई बढावा गरिनेछ ।

(ग) आर्थिक
कृषि तथा पशुपंक्षी

यस उपमहानगरपालिकाको समग्र कृषिक्षेत्रको व्यवसायीकरण, विविधीकरण र आधुनिकीकरणको माध्यमबाट उत्पादकत्व वृद्धि गरी कृषि उत्पादनलाई बाह्य बजारमा निर्यात गर्न सक्ने अस्थामा पु(याउन उपयुक्त प्रविधि उपयोग गर्न सक्ने कृषक, युवा उद्दमी तथा विज्ञहरुको क्षमता विकास गर्दै लगिनेछ ।

युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, च्याउ उत्पादन, पुष्प व्यवसाय तथा कृषि औजार उपकरणहरु आदिमा मापदण्ड बनाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्वन गरिने छ ।

असन्तुलित र अनियन्त्रित विषादीहरुको प्रयोगबाट उत्पादित वस्तुहरुको उपभोगले जनस्वास्थ्य र पर्यावरणमा गम्भीर असर पार्ने हुनाले यसको नियन्त्रण गर्ने नीति लिइने छ र जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गरिने छ ।

तरकारी, अदुवा, बेसार, मह, दलहनजस्ता निर्यातजन्य कृषि उपजहरुको उत्पादन बृद्धि गरी गुणस्तरियता कायम गर्न र मूल्य श्रृङ्खलामा आउने अवरोधहरु कम गर्न कृषक समूह, सहकारी तथा उद्यमीहरुलाई प्रोत्साहन गरिनेछ। कृषि उत्पादकत्व वृद्धि गर्न र कृषि भूमिमा सिंचाई सुविधा उपलब्ध गराउँन स्यालो तथा डिप ट्युवेलका साथै नदी तथा खोलाका खोंच किनाराहरुमा रहेका साना लिफ्ट सिंचाई परियोजना सञ्चालन गरिने नीति लिइनेछ।

आधुनिक कृषियन्त्र उपकरणहरुबाट खनजोत गर्न अप्ठेरो हुने भएका कृषि भूमीमा गह्रा सुधारको कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ।

प्रत्येक वडाहरुमा सम्भाव्यता हेरी कम्तीमा एक वटा नमुना साझेदारी कृषि फर्म स्थापना र एक वडा एक उत्पादन गर्ने नीति अंगिकार गरिनेछ।साथै उपमहानगरपालिकाबाट निर्माण सम्पन्न भएका कृत्रिम जलाशय ९ड्याम० हरु आसपासका क्षेत्रभित्र मेयर कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनमा ल्याइनेछ।

परम्मपरागत एवम् निर्वाहमुखी पशुपन्छी पालनलाई व्यवसायीकरण, विविधिकरण तथा आधुनिकीकरणको माध्यमबाट पशुपन्छीजन्य वस्तुको उत्पादन, बजारीकरण तथा निर्यात प्रवर्द्धन गरिनेछ।बजारभित्र पशुपंक्षीको यत्रतत्र हुने बिक्री वितरणलाई निरुत्साहित गरी सहकारी तथा निजी क्षेत्रसँग समन्वय गरी पशुपंक्षी हाटबजारमा मात्र बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

उपमहानगरपालिका क्षेत्रका पशुपन्छी उत्पादक कृषक, कृषि समुह, सहकारी एवम् उद्यमीहरुलाई सहयोग पुर्याउन मापदण्ड बनाई स्थानीय तहबाटै एकीकृत रुपमा भेटेनरी प्राविधिक सेवा, कृत्रिम गर्भाधान, प्राकृतिक गर्भाधान ९नश्ल सुधार० सेवा, पशु आहारा ९घाँसमा आधारित पशुपालन० सेवा, पशु स्वास्थ्य सेवा र पशु वीमा जस्ता सेवाहरु सर्वसुलभ ढंगबाट उपलब्ध गराईनेछ र पशुवस्तुको श्रोत केन्द्रको समेत विकास गरिनेछ।

उपमहानगरपालिका क्षेत्रलाई पशुपन्छीजन्य पदार्थ ९दुध, अण्डा, मासु० उत्पादन र उपभोगमा आत्मनिर्भर बनाईनेछ। पोषणयुक्त खानपानको महत्व र उपाय बारे समुदाय स्तरमा चेतना पुर्याइ खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याइनेछ।

आर्थिक तथा जनस्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छी रोगहरुको रोगथाम र नियन्त्रण गरी स्वच्छ तथा स्वस्थ पशुपन्छीजन्य उत्पादनमा वृद्धि गरिनेछ :

उद्योग
घोराही उपमहानगरपालिका भित्र प्रदेश स्तरीय औद्योगीक क्षेत्रको निर्माण गर्न आवश्यक पहल गरिनेछ ।संचालित उद्योगहरुलाई उत्पादन बढाउन र रोजगारीका अवसर सिर्जना गर्न प्रोत्साहन गरिनेछ।नगर स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिनेछ।

पर्यटन तथा संस्कृति विकास
घोराही उपमहानगरपालिकाको समग्र पर्यटकीय क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र विकास गर्न योजना बनाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ्र पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारमा जोड दिईनेछ ्र

घोराहीको पहिचानका लागि घोडाको प्रतिमा राख्न स्थानीय समुदाय तथा संस्थाहरुसँग सहकार्य गरिनेछ । त्यसै गरी घोराही उपमहानरपालिका भित्रका स्थानीय भाषा, संस्कृति, लिपी, लोकगाथा, पहिचान तथा इतिहास झल्कने गरी साझेदारीमा एक संग्रालय निर्माण गरिनेछ।

ज्यामिरेदह, बराह क्षेत्र जस्ता क्षेत्रहरुको धार्मिक तथा पर्या(पर्यटनको संभावना भएका क्षेत्रलाई एकीकृत रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्न थप पूर्वाधार निर्माण गर्न साझेदारी गरिनेछ ।

पर्यटन विकासका लागि लुम्बिनी विकास कोष, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका संस्थाहरुसँग समन्वय गरिनेछ। त्यसै गरी धार्मिक स्थलहरु स्वर्गद्वारी र रिहार आउने पर्यटकलाई घोराहीमा भित्र्याउन आकर्षक कार्यक्रम ल्याइनेछ।साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि नगर क्षेत्रमा पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ ्र

पर्यापर्यटन विकासमा जोड दिईनेछ।

संघीय सरकारले आ।व। द्दण्ठछरण्ठट को बजेट वक्तव्य मार्फत घोषणा गरेको दाङको नारायणपुर क्षेत्रमा क्षेत्रीय स्तरको एयरपोर्ट निर्माण गर्ने कार्यलाई सहयोग पुर्याउँदै उक्त एयरपोर्ट छिटो भन्दा छिटो निर्माण प्रारम्भ गर्न स्थानीय स्तरमा अनुकूल वातावरण तयार गरिनेछ।

पर्यटनका माध्यमबाट रोजगारी तथा आयआर्जन वृद्धिका लागि होमस्टे संचालन गर्न सार्वजनिक, निजी, सहकारी सामुदायिक क्षेत्रहरुसँग साझेदारी एवं सहकार्य गर्ने नीति लिइनेछ ।साथै सहकार्यमा नगर तहमा सांस्कृतिक घर निर्माण गरी सबै जातजातिको नाच, कला एवं रितीरिवाज परम्पराको नियमित प्रदर्शन गर्न आवश्यक व्यवस्था मिलाईने छ ्र

भाषा, संस्कृतीको संरक्षण, परम्परागत जात्रा तथा पर्वको संचालन र व्यवस्थापनमा सहयोग पुर्याइनेछ ।

सहकारी
सहकारी संस्थाहरुको तथाङ्क अध्यावधिक र बिश्लेषण गरी संस्थाहरुको सुशासन स्तरको वर्गीकरण गरिनेछ ।

सहकारी संस्थाहरुको नियमित रुपमा अनुगमन गरिनुका साथै तोकिएको मापदण्ड नपुर्याएका संस्थाहरुको विघटन गर्ने नीति लिइनेछ।

उत्पादन, बजारीकरण, स्वरोजगार सृजना र सेवा व्यवसाय गर्न सहयोग पुर्याउने र संलग्न हुन चाहने सहकारी संस्थाहरुलाई अनुकूल वातावरण बनाईने नीति लिइनेछ ।

सहकारी क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहकारी संस्थाको समन्वयमा सहकारी शिक्षा तालिमहरु संचालन गरिनेछ ।

यस उपमहानगरपालिकाले तयार गरेको पाँच बर्षे उद्यम विकास संम्बन्धी रणनीतिक योजनालाई सहकारी संस्थाहरुसँगको सहकार्यमा कार्यान्वयन गरिनेछ ।साथै सहकारी संस्थासँगको सहकार्यमा हरितनगर कार्यक्रम सञ्चालन गरिनेछ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम सञ्चालन गरिनेछ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई बिदेशमा सिकेको ज्ञान र सीपलाई लक्षित गरी स्वरोगारका कार्यक्रम सञ्चालन गर्न उत्प्रेरित गरिनेछ ।साथै आर्थिक आय आर्जनका रुपमा वेरोजगार युवाहरुलाई स्वरोजगार तालिम उपलब्ध गराइनेछ।

व्यापार
व्यापार व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्न नियमन गरिनेछ ।

उपभोक्ता हित संरक्षण
उपभोक्ता हित संरक्षणका लागि उपभोग्य बस्तुको गुणस्तर, परिमाण, शुद्धता, उत्पादन मिति र दर्ता नम्वर जस्ता कुराहरु उल्लेख भए नभएको जाँचबुझ संस्थाको सहमती र सहकार्यमा बजार अनुगमन गर्ने नीति लिईनेछ।

सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणलाई नियमन गरिनेछ।तोकेको समय र स्थानबाट मात्र बिक्रिवितरण गर्न पाउने व्यवस्थालाई क्रमशः लागु गरिनेछ।उक्त कार्यमा अगुवाई गरी सहयोग पुर्याउने टोल विकास संस्था र वडाकार्यालयलाई नगद पुरष्कार दिने नीति लिईनेछ।

प्लाष्टिकको उत्पादन र प्रयोगलाई निरुत्साहित गरिनेछ।

उत्पादित शुद्ध दुध र सोच्छ मासु उपभोक्ता माझ पुर्र्याउन आवश्यक पहल गरिनेछ।

(घ) वातावरण तथा विपद् व्यवस्थापन
वन, वातावरण तथा भू(संरक्षण
यस उपमहानगरपालिकाभित्र नगर साझेदारी वन उद्दान कार्यक्रम सञ्चालन गरिनेछ ।साथै जैविक विविधता संरक्षण सम्बन्धी कार्यक्रम र बोटानिकल गार्डेन बनाउन सहकार्य गरिनेछ ।

पानी मुहानको संरक्षण तथा जलाशय निर्माण गर्ने नीति लिइनेछ ।वातावरण संरक्षणका लागि विशेष ध्यान दिनुका साथै वातावरण प्रदुषित गर्ने सबै वस्तु र कार्यलाई निरुत्साहित गरिनेछ ।हरेक घर सुन्दर घर अभियान सञ्चालन गरीनेछ।

नगरको स्वामित्वमा भएका ऐलानी तथा सार्वजनिक जग्गाको अभिलेखीकरण गरी त्यस्ता जग्गाको संरक्षण तथा व्यवस्थापन गर्ने नीति लिइनेछ ।साथै भू(क्षय नियन्त्रणका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ।

फोरमैला व्यवस्थापन
फोहोर संकलन गर्दा नै गल्ने नगल्ने छुट्टाई बैज्ञानिक रुपमा व्यवस्थापन गरिनेछ। साथै फोहोरलाई मोहोरमा बदल्न निजी क्षेत्र तथा समुदायसँग सहकार्य गरिनेछ।कवाड व्यवसायीलाई केन्द्रिकृत गरी एकद्वार प्रणालीबाट निकासी गर्ने व्यवस्था मिलाइनेछ :

जल उत्पन्न प्रकोप व्यवस्थापन
खोला तथा नदीमा नदीजन्य पदार्थ जम्मा भइ हुन सक्ने जोखिमबाट गाउँबस्ती बचाउँनका लागि अध्ययन गराई नदीजन्य पदार्थ नदीबाट हटाई संरक्षणका लागि आवश्यक व्यवस्थापन गरिनेछ ।साथै यस उपमहानगरपालिका क्षेत्रभित्रका खोलाबाट हुने नदी कटान तथा बस्ती जोखिम हुन रोक्न तटबन्ध गरी सुरक्षित गराउने नीति लिइनेछ ।

विपद् व्यवस्थापन
विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून र मापदण्ड बनाइनेछ ।स्थानीय विपद् व्यवस्थापन कोष संचालन गरिनेछ।

उपमहानगरपालिका स्तरीय विपद् पूर्व तयारी योजना बनाउनुका साथै विकास निर्माणका कार्यमा जोखिम न्यूनीकरणका उपायहरु अवलम्वन गरिनेछ ।

विपद् जोखिम क्षेत्र र बस्तीको पहिचान गरी नक्शाङ्कन गरिनेछ । साथै जोखिम पहिचान भएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति लिइनेछ ।

विपद्का समयमा सुरक्षित रुपमा आश्रय लिनका लागि खुल्ला क्षेत्रको पहिचान गरी विकास गरिनेछ ।

संस्थागत विकास तथा सुशासन र प्रविधि
दैनिक सेवा
सेवाप्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउदै शीघ्र सेवाको अनुभूती गराईनेछ।कर्मचारीबाट हाँसी हाँसी काम र सोधी सोधी सेवा गर्ने कार्य शैली अवलम्वन गरिनेछ ।

सुरक्षा व्यवस्थापन
सुरक्षा निकायसँगको सहकार्यमा उद्योग, व्यापार लगायत बजार क्षेत्र र बसोबास क्षेत्रमा सुरक्षित जीवनको प्रत्याभूती गर्ने व्यवस्थालाई बलियो र विश्वासिलो बनाउँदै लगिनेछ।घना आवादि र सुरक्षा जोखिम भएका सहरी क्षेत्रमा सिसि क्यामारा जडान गरी नगरक्षेत्रको सुरक्षामा ध्यान दिइनेछ ।
पञ्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धी

व्यक्तिगत घटना दर्ता पूर्णतः अनलाइन प्रणालीमा आवद्ध गरिनेछ ्र साथै व्यक्तिगत घटना दर्ता समयमै गराउन जनचेतना कार्यक्रम संचालन गरिनेछ ्र

सामाजिक सुरक्षाका लाभग्राहीको अभिलेख कम्प्युटरकृत गरिनेछ :

योजना, स्थानीय तथ्यांक तथा अभिलेख
घोराही उपमहानगरपालिकाको आवधिक योजना तयार गरिनेछ । उक्त आवधिक योजनामा विषय क्षेत्रगत लक्ष्य, उद्देश्य र परिमाणात्मक लक्ष सहित मुख्य(मुख्य योजनाहरु समावेश गरिनेछ।

वार्षिक योजना तर्जुमा कार्यान्वयन, अनुगमन तथा मूल्यांकन प्रक्रियालाई सुदृढ बनाइनेछ ।

प्रारम्भिक सर्वेक्षण भएका योजनालाई छनोट गर्ने प्रणाली स्थापित गरिनेछ।साथै स्थानीय तहमा संचालित योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई गरिनेछ ।

उपमहानगरपालिकाको तथ्याङ्क पार्श्वचित्र तयार गरिनुका साथै सबै तथ्याङ्कहरुलाई एकीकृत गरिनुका साथै विषयगतरुपमा छुट्याउन सकिने गरी व्यवस्थित गरिनेछ।

सुशासन प्रर्वद्धन
यस उपमहानगरपालिकाले प्रदान गर्ने सेवाप्रवाहलाई समान, सहज र सुलभ बनाईनेछ। पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरिनेछ । सूचनामा पहुँच अभिबृद्धि गरिनेछ । विकासका गतिविधिहरुलाई संचार माध्यम मार्फत जनसमक्ष पुर्याउने नीति लिइनेछ ।

छिमेकी तथा अन्य राष्ट्रका नगरपालिकासँग भगिनी संम्बन्ध विकास गर्न पहल गरिनेछ ।

घोराही उपमहानगरपालिकाको राजश्व प्रशासनलाई सीप, साधन र स्रोत उपलब्ध गराई सुदृढ बनाईनेछ। सबै वडा कार्यालयबाट कर बुझाउन सक्ने व्यवस्था क्रमशस् मिलाइनेछ ्र करदातालाई कर तिर्न उत्प्रेरित गर्ने नीति लिइनेछ । हामीले तिर्ने करबाट हाम्रै विकास हुने हो भन्ने भावना जागृत गराइनेछ ।सबै भन्दा धेरै कर बुझाउने तीन जना उत्कृष्ट करदातालाई सम्मान गर्दै जाने नीतिलाई निरन्तरता दिइएको छ ।

नगर सभाका सदस्यज्यूहरु,
घोराही उपमहानगरपालिकाको यो नीति तथा कार्यक्रमले विकासका प्राथमिकता र बजेट तर्जुमाका आधार तय गरेको छ।यो नीति तथा कार्यक्रम तर्जुमा गर्न प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने घोराही उपमहानगरपालिकाका उप(प्रमुख तथा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरु, राजनीतिक दलका नेताहरु, उद्योग वाणिज्य संघ तथा व्यापार क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु, विषयगत विज्ञहरु, नागरिक समाजका विभिन्न महानुभावहरु र संचारकर्मीहरुबाट प्राप्त सुझाव र सहयोगका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु । यसै गरी यस नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न पनि सबैको साथ सहयोग र विश्वास प्राप्त हुने अपेक्षा गर्दै मेरो सम्बोधन यही अन्त गर्दछु।
धन्यवाद।

मितिः २०७५ असार ९ गते शनिवार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?