दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २, २०७८
|
|
३४ पटक हेरिएको
Shares
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने

सारांश

  • दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ ।
  • १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो ।
  • यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने मिति तय भएको हो ।

दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने मिति तय भएको हो । दशैं आउनुभन्दा १० दिन अगावै टिकट बुकिङ खोलेर घर जान चाहने यात्रुका लागि सहज व्यवस्था गराउने पहल भएको हो ।

यसवर्ष विभिन्न स्थानमा गाडीको व्यवस्थाबारे समेत तयारी भइसकेको छ । भाडा वृद्धिलाई नै यथावत् राखेर टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?