सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)

सारांश

  • प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ ।
  • नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

त्यसैगरी आजको कार्यसूचीमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भनी प्रस्ताव राख्ने र मीनेन्द्रप्रसाद रिजालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

https://www.youtube.com/watch?v=OLHKigqjgJo

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?