चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले

सारांश

  • गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट् कान्छा.
  • .
  • ’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटाइएको छ ।

गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटाइएको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार युट्युबको नेपाल ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।

’लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट..’

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए ।

तर गीतको भिडियो सार्वजनिक भएसँगै विवादित मात्रै बन्न पुगेन, सामाजिक सञ्जालमा सकरात्मक तथा नकरात्मक दुवै किशिमका प्रतिक्रिया आउन थाल्यो । खासगरी नेकपाका कार्यकर्ताले शर्माको गीत र कार्यक्रम बहिस्कार गर्ने सम्मको चेतावनी दिदै विरोध गर्न थाले पनि शर्माले गीत युट्युवबाट हटाएका हुन् ।

गीत हटाएको विषयमा उनले फेसबुकमा यस्तो स्टाटस लेखेका छन् ।

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुन लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोर्होयाउन चाहन्छु।

धन्यवाद
पशुपति शर्मा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा पुनः भारी हिमपात
हुम्लामा पुनः भारी हिमपात
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
प्रधानमन्त्री दाहाल ल्हासा जाँदै
प्रधानमन्त्री दाहाल ल्हासा जाँदै
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको औपचारिक घोषणा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको औपचारिक घोषणा
नेपालले मलेसियालाई ५ विकेटले हरायो
नेपालले मलेसियालाई ५ विकेटले हरायो
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत,  एक पटक मात्र सुविधा लिन पाउने !
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत, एक पटक मात्र सुविधा लिन पाउने !
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही

तपाईंले छुटाउनुभयो कि?