सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?

सारांश

  • सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् ।
  • चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ ।
  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आउँदो आइतबार सबै प्रदेशले बजेट ल्याउँदै छन् ।

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आउँदो आइतबार सबै प्रदेशले बजेट ल्याउँदै छन् । प्रदेश अर्थमन्त्रीहरूले प्रदेशसभामा आफ्नो बजेट पेस गर्नेछन् । पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत खर्च गरेका प्रदेश सरकारले बजेटको आकार पनि राम्रैसँग बढाउने तयारी गरिरहेका छन् । प्रदेश सरकारका लागि महत्त्वपूर्ण स्रोत केन्द्र सरकारको अनुदान निर्धारण भइसकेको छ ।

कान्तिपुरलयातका पत्रिकाले लेखे अनुसार केन्द्र सरकारले जेठ १५ गते ल्याएको बजेटमार्फत ४ प्रकारका अनुदानको रकम, राजस्व बाँडफाट र प्राकृति स्रोतको रोयल्टीको रकम निश्चित भइसकेको छ । आन्तरिक राजस्व, आन्तरिक ऋणलगायत आफ्नो आम्दानीको अनुमानित रकमलाई आधार मानेर बजेटको आकार प्रदेश सरकारले तयारी गरिरहेका छन् । सबैजसो प्रदेशले आउँदो बजेट औसतमा १७ प्रतिशतले वृद्धि गर्ने योजनामा छन् ।

प्रदेश ३ ले भने निकै महत्वाकांक्षी बजेट तयार गरिरहेको छ । यो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश ३ ले आउँदो वर्ष करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरिरहेको छ । हालसम्मको गृहकार्यअनुसार ५० अर्बकै बजेट आए यो निकै ठूलो अंकले वृद्धि हुनेछ । अर्थात् यस वर्षभन्दा करिब ४० प्रतिशत बढीले बजेटको आकार बढ्नेछ । ‘बजेट निर्माण अन्तिम चरणमा पुगेको छ ।

हालसम्म औपचारिक तथा अनौपचारिक क्षेत्रसँग छलफल भइसकेको छ,’ प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भने । अब मन्त्रालयहरूसँगको छलफल अन्तिम चरणमा पुगेको र बजेट निर्माण लगभग पूरा भएको उनले बताए ।

१ गत वर्षकै हाराहारीमा
गत वर्षकै आस पासमा आगामी वर्षको बजेट आउने तयारी गरिएको आर्थिक तथा मामिला मन्त्रालय स्रोतको भनाइ छ । गत वर्ष ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरिएको थियो । यसपटक करिब ३६ अर्ब रुपैयाँको बजेट बनिरहेको प्रदेश योजना आयोगले जनाएको छ ।

आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार बजेट निर्माणको अन्तिम चरणमा छ । ‘सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर त्यसका आधारमा कार्यक्रमहरू आउने क्रम जारी छ,’ उनले भने । केही मन्त्रालयबाट बजेटअनुसारको कार्यक्रम आए पनि अन्तिम रूप दिइने उनले बताए ।

२ मा ४ अर्ब बढी
पहिलो बजेट २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश २ ले करिब ४ अर्बले बजेटको आकार बढाउने गरी काम गरिरहेको छ । करिब ३२ देखि ३४ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने गृहकार्य भइरहेको स्रोतले बताएको छ । प्रदेश २ ले बजेट वक्तव्यका बुँदाहरू बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश २ का आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुन न्यौपानेले बजेटको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘मन्त्रालयलले पठाएका कार्यक्रमलाई बजेटमा बुँदागत गर्ने काम भइरहेको छ,’ उनले भने ।

गण्डकीमा ३० अर्बको तयारी
गण्डकी प्रदेशले भने आउँदो बजेट करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा ल्याउने गृहकार्यमा छ । गण्डकी प्रदेशले अहिलेसम्म मन्त्रालयगत छलफल सकेर बजेट निर्माण अन्तिम चरणमा र्पुयाएको छ । मध्यमकालीन खर्च संरचना तयारीका लागि आवश्यक तथ्यांक संकलन सकिएर अन्तिममा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्ति पाण्डेले बताए ।

विषयगत मन्त्रालयले जिल्ला तहमा छलफल गरी योजना, रायसुझाव मागेका थिए । सबै प्रदेश सांसदबाट सुझाव पनि लिइएको उनले बताए । स्थानीय तहलाई प्रदेश सरकारले दिने अनुदान अन्तर्गतका योजना माग गरी आवश्यकताका आधारमा छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।

५ मा २५ प्रतिशत बढाउने तयारी
प्रदेश ५ ले झन्डै २५ प्रतिशतले आउँदो बजेट वृद्धि गर्ने गरी गृहकार्य गरिरहेको छ । यस वर्ष २८ अर्ब रहेको यो प्रदेशको बजेट आउँदो वर्षका लागि ३५ अर्ब हाराहारीको हुने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले प्रदेशका सबै मन्त्रालयबाट प्राप्त सिलिङअनुसारको बजेटको डाटा इन्ट्री गर्ने काम सकिएको बताए । ‘अहिले पुनः चेकजाँच गर्ने काम गर्दै छौं,’ उनले भने । प्रदेश सरकारको बजेट तयारीमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशी, अन्य कर्मचारीसँगै प्रदेश प्रमुख सचिव डाक्टर तीर्थ ढकाल र मुख्यमन्त्री शंकर पोखरेलको समूह खटिइरहेको छ ।

कर्णालीले केन्द्रसँग ऋण नलिने
कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट तयारी गरिरहेको जनाएको छ । बजेटको आकार भने ३० देखि ३५ अर्ब रुपैयाँ हाराहारीको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार कर्णालीलाई केन्द्र सरकारले ससर्त अनुदानतर्फ ५ अर्ब रुपैयाँभन्दा बढी बजेट दिएकाले आउँदो बजेट ३० देखि ३५ अर्ब आसपासको हुने अनुमान गरे ।

गत वर्ष केन्द्र सरकारसँग ऋण मागिए पनि प्राप्त नभएकाले यस वर्ष ऋण माग नगर्ने यो प्रदेशको योजना छ । दीर्घकालीन सोचका आधारमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गर्ने गरी बजेट निर्माण गरिरहेको प्रदेश सरकारले जनाएको छ ।

गत वर्ष १ देखि ५० लाखसम्मका योजना साना, ५० देखि १ करोडसम्मका योजना मझौला र १ करोडभन्दा माथिका योजनालाई ठूला मानिएको थियो । यस वर्ष १ देखि १५ लाखसम्मका योजनालाई साना, १६ देखि २५ लाखसम्मकालाई मझौला र २५ लाखदेखि माथिका योजनालाई ठूला योजनाका रूपमा छुट्याएर बजेट विनियोजन गर्ने प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायाले बताए ।

सुदूरपश्चिममा सबैभन्दा सानो
हालसम्म प्राप्त विवरणअनुसार सबै प्रदेशहरूमध्ये सुदूरपश्चिमले सबैभन्दा सानो बजेट ल्याउने देखिन्छ । गत वर्ष गण्डकी प्रदेशले सबैभन्दा सानो बजेट ल्याएको थियो । त्यसपछि सुदूरपश्चिमको बजेट थियो । यसपटक गत वर्षको भन्दा करिब ४ अर्ब रुपैयाँले मात्रै बजेटको आकार वृद्धि गर्ने योजना सुदूरपश्चिम प्रदेशले बनाइरहेको छ ।

यस वर्ष २५ अर्ब रुपैयाँको बजेट ल्याएकामा आउँदो बजे २९ अर्ब रुपैयाँ हाराहारीको हुने अनुमान छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराका अनुसार चालु आर्थिक वर्षको अन्त्यमा भएको खर्चको यथार्थ विवरण प्राप्त भएपछि आउँदो वर्षको बजेटको अंक तय हुनेछ ।

‘कतिपय मन्त्रालयहरूलाई तोकिदिएको सिलिङअनुसारको बजेट अपुग हुने भन्दै थप माग गरिरहेका छन्,’ उनले भने । हाल अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको टिमबीच बजेट तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको छ । ‘आउँदो वर्षको बजेटमा पुँजिगत खर्च बढदैन,’ मन्त्री बोहराले भने, ‘लोकप्रिय र कनिका छरे झैं बजेट आउने छैन । जनताको करबाट उठेको रकमको उचित सदुपयोग हुनुपर्छ भन्ने मान्यताअनुसार बजेट तयार भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने
मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट
बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य

तपाईंले छुटाउनुभयो कि?