प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
सारांश
- काठमाडौं ।
- रौतहटमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
- राजदेवी नगरपालिकाको सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको थियो ।
काठमाडौं । रौतहटमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । राजदेवी नगरपालिकाको सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको थियो ।
सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भिडन्त भएको थियो । प्रहरीले जवाफी फायरिङमा हिजो राति एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिडन्तमा परी एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो। २ जना भारततर्फ भागेको प्रहरीले बताएको छ । गोली लागी घाइते भएकाको उपचारका लागि जिल्ला अस्पताल गौर लाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। मृतक को हो भन्ने बारे खुलेको छैन । रौतहटको राजदेवी नगरपालिकाको मुडवल्वा टोलमा बाग्मती नदी तटबन्धमा हतियाधारी समुहलाई पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालयबाट टोली पुगेको थियो ।
नम्बर नभएको मोटरसाइकलमा आएका समुहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया