नेपाल बौद्ध संघको विशेष कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२० पटक हेरिएको
Shares
नेपाल बौद्ध संघको विशेष कार्यक्रम

सारांश

  • जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल बौद्ध संघले विविध कार्यक्रमको आयोजना गरेको छ ।
  • संघको आयोजनामा २५६६ औं बुद्धजयन्तीमा काठमाडौँको बौद्धस्थित तारागाउँमा गर्ने बुद्ध बन्दना, आर्य अष्ट मंगल पूजा, धर्मदेसना, ध्यान लगायत गरियो ।
  • यस्तै कार्यक्रममा शान्तिको कामना गर्दै बत्ति बाल्ने, पून्यामोदन गर्ने र शान्ति र्याली गर्दै बौद्ध स्तुप परिक्रमा पनि गरियो ।

जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल बौद्ध संघले विविध कार्यक्रमको आयोजना गरेको छ । संघको आयोजनामा २५६६ औं बुद्धजयन्तीमा काठमाडौँको बौद्धस्थित तारागाउँमा गर्ने बुद्ध बन्दना, आर्य अष्ट मंगल पूजा, धर्मदेसना, ध्यान लगायत गरियो । यस्तै कार्यक्रममा शान्तिको कामना गर्दै बत्ति बाल्ने, पून्यामोदन गर्ने र शान्ति र्याली गर्दै बौद्ध स्तुप परिक्रमा पनि गरियो ।

कार्यक्रममा धर्मगुरु, बौद्ध धर्मका विद्वानहरु लगायत सयौँको संख्यामा उपासक उपासिका सहभागि थिए । बुद्धले दिएका शिक्षाको प्रवद्र्धनका कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । कार्यक्रममा सहभागि भई बुद्धको शिक्षा र ज्ञानलाई नजिकबाट बुझ्न समेत ठाकुरले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?