यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।

सारांश

  • सलमान खान र ऐश्वर्य रायको अफेयर्सको बारेमा थाहा नहुने भारतीय फिल्मका दर्शक कमै होलान् ।
  • कुनै समय यी दुईको अफेयर्सको प्रसंगले भारतीय मिडिया मात्रै होइन नेपाली मिडियामा पनि राम्रै स्थान पाउथ्यो ।
  • तर अहिले सलमान र ऐश्वर्यको अफेयर्सको प्रसंग सेलाएको मात्रै छैन, ऐश्वर्यले अभिताभ पुत्र अभिषेकसँग विहे गरी एक छोरीको आमा समेत बनिसकेकी छिन् ।

सलमान खान र ऐश्वर्य रायको अफेयर्सको बारेमा थाहा नहुने भारतीय फिल्मका दर्शक कमै होलान् । कुनै समय यी दुईको अफेयर्सको प्रसंगले भारतीय मिडिया मात्रै होइन नेपाली मिडियामा पनि राम्रै स्थान पाउथ्यो । तर अहिले सलमान र ऐश्वर्यको अफेयर्सको प्रसंग सेलाएको मात्रै छैन, ऐश्वर्यले अभिताभ पुत्र अभिषेकसँग विहे गरी एक छोरीको आमा समेत बनिसकेकी छिन् । तर सलमान भने अझै उस्तै रहेका छन् । एक पछि अर्को अभिनेत्रीसँग नाम जोडिदै आएका सलमानको अफेयर्स कट्रिना कैफसँग पनि थियो । र, कट्र्निासँगको अफेयर्स पनि ब्रेकअप भए पछि सलमान अहिले लुलिया नामकी रोमनियन मोडेलसँग अफेयर्समा रहेको समाचार आइरहेका छन् । सलमान र ऐश्वर्यको ब्रेकअप हुनुका पछाडि मुख्य ८ कारण मानिएको छ ।

 

१.सलमानको शंकालु र हातपात गर्ने बानी
सलमान र ऐश्वर्यको ब्रेकअपको मुख्य कारण सलमानको हिंशात्मक व्यवहारलाई मानिएको छ । उनले ऐश्वर्यलाई अन्य पुरुषसँग शंका गर्ने गर्थे । र, यही विषयमा सलमानले ऐशमाथि हातपात पनि गर्ने गर्थे । यो कारण पनि ऐश्वर्य सलमानसँग टाढिएको मानिन्छ ।

 

२.ऐश्वर्यको बुबाआमाको अब्जेक्सन
सलमानसँगको अफेयर्समा ऐश्वर्यका बाबुआमा खुशी थिएनन् । उनीहरु सलमानसँग ऐश्वर्य नजिकिएको कति पनि मन पराउदैन थिए । सलमानको विभिन्न युवतीसँगको सम्बन्धका कारण ऐश्वर्यका बाबुआमा सम्बन्ध टुक्रिएको हेर्न चाहन्थे ।

 

३. सलमानको पागलपन
सलमानको पागलपन पनि ब्रेकअपको एउटा कारण थियो । कति रात सलमान आधा रातमा ऐश्वर्यको घर पुगेर ढोका ढकढकाउने गर्थे । ऐश्वर्यले ढोका नखोल्दा एक दिन विहान ३ बजेसम्म सलमानले ढोका ढकढकाइ रहे । ढोका नखोल्दा छतबाट हाम फाल्ने धम्की पनि दिन्थे सलमान । यस्तै यस्तै सलमानको पागलपनका कारण पनि ऐश्वर्य टाढा हुँदै गइन् ।

 

४. सलमान चाहन्थे ऐश्वर्यको कमिटमेन्ट
सलमान ऐश्वर्यले आफुसँग विहे गर्ने कमिटमेन्ट गरुन भन्ने चाहन्थे । तर ऐश्वर्य कमिटमेन्ट गर्न राजी थिइनन् । सलमानले जतिबेला यो कमिटमेन्ट चाहे, त्यतिबेला ऐश्वर्य आफ्नो करियरको पिकमा थिइन । त्यसैले ऐश्वर्य आफ्नो चढ्दो करियरको बीचमा सलमानलाई ल्याउन चाहन्न थिइन् ।

 

५.सुटिङ सेटमै हंगामा
ऐश्वर्यसँग रिसाएका सलमानले कुछ ना कहो फिल्मको सेटमै पुगेर हंगामा गरे । फिल्ममा अभिषेक बच्चन ऐश्वर्यको को स्टार थिए । भनिन्छ त्यतिबेला रिसले आगो भएका सलमानले सेटमा तोडफोड गर्नुका साथै ऐश्वर्यको कारण नै कच्याककुचुक पारिदिएका थिए ।

६.ऐशकै बाबुआमासँगको नराम्रो व्यवहार
ऐश्वर्यका बाबुआमा व्यक्तिगतरुपमा सलमानलाई मन नपराउने भए पछि छोरीको सम्बन्धको बाधक बनेका थिएनन् । तर दिनप्रति दिन सलमानको व्यक्तिगत आचरण र ऐश्वर्य प्रति व्यवहारले भने दिक्क बनिसकेका थिए । हुँदा हुँदा ऐश्वर्यकै बाबुआमासँग पनि सलमानले नराम्रो व्यवहार देखाए । यो कारण पनि ऐश्वर्यले सम्बन्धलाई निरन्तरता दिन आवश्यक देखिनन् ।

 

७. पूर्व प्रेमिकालाई गरेको हेल्प
सलमानले पूर्व प्रेमिका सोमी अलीलाई गरेको सहयोगले पनि दुईको सम्बन्धमा दरार आएको बताइन्छ । सोमीले आफ्नो बुबाको अपरेसनका लागि सहयोग मागेकी थिइन् । यता सलमानले ऐश्वर्यलाई जानकारी नदिकनै सोमीलाई सहयोग गर्न अमेरिका पुगे । जब यो कुरा ऐश्वर्यको कानमा पुग्यो, रिसले चुर हुँदै उनले सम्बन्धलाई अघि नबढाउने निर्णय गरिन् ।

 

८.सलमानको पिउने बानी
एक प्रशिद्ध अखबारलाई अन्तरवार्ता दिदै ऐश्वर्यले सलमानको रक्सी पिए पछि देखाउने उद्दण्ड व्यवहारले वाक्क भइसकेको बताएकी थिइन् । सलमानले मानसिक तथा शारिरिक यातना समेत दिने गर्थे नशाको सुरमा । सलमानले ऐश्वर्यको व्यक्तिगत मानसम्मानमा आँच आउने किशिमका कुरा पनि गर्थे । यस्ता कारणले पनि उनले सम्बन्धलाई निरन्तरता दिई राख्नृु भन्दा ब्रेकअप दिनु नै उचित ठानिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?