पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी

सारांश

  • पर्वत ।
  • श्रीमानले कुटपीट, खान नदिएको, हेला गरेको भन्दै श्रीमतीले उजुरी दिने चलन नौलो होइन ।
  • तर, श्रीमतीले पनि श्रीमानलाई पीडित बनाएका घटना आजभोलि बाहिर आउने गरेका छन् ।

पर्वत । श्रीमानले कुटपीट, खान नदिएको, हेला गरेको भन्दै श्रीमतीले उजुरी दिने चलन नौलो होइन । तर, श्रीमतीले पनि श्रीमानलाई पीडित बनाएका घटना आजभोलि बाहिर आउने गरेका छन् । यस्तै पर्वतमा पहिलोपटक पत्नीबाट पीडित भएको भन्दै २ जना पुरुषले प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् । न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका–२ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१ पाङका अर्का पुरुष छन् ।

उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन् । उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमानश्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पीडित व्यक्तिको मुद्दा अझै कानूनी प्रक्रियामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?