एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
५० पटक हेरिएको
Shares
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान

सारांश

  • कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् ।
  • वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् ।
  • यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए ।

कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् ।

भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा यसवर्ष भने त्यही चैतमा रोपेको धानको बाला दोस्रो पटक काट्न थालेका हुन् । ‘‘विगत वर्षमा जेठ, असारमा धानबाली भित्र्याउँथ्यांै, वर्षात्मा खेत बाँझै राखिन्थ्यो ।’’ स्थानीयवासी लल्लु डगौरा भन्नुहुन्छ, ‘‘यसवर्ष दुई बिघामा जेठ महीनामा ५५ क्वीन्टल धान भित्र्याएका थियौं तर काटेको धान फेरि पलायो, हामी त हेरेको हे¥यै भयांै, धान पनि फलेकाले अहिले धान काटिरहेका छौं ।’’

कैलाली जिल्लाको भजनी नगरपालिकाक्षेत्र पथरैया, काढा, कन्द्रा र मोहना नदीले घेरिएको छ । यो क्षेत्र वर्षात्को समयमा जलमग्न हुन्छ तर कुनै वर्ष पानी परेन भने खेतीबाली रोप्न किसानलाई हम्मेहम्मे पर्छ । ‘‘यहाँ नदी धेरै छन्् तर खेतमा सिँचाइको सुविधा छैन ।’’ डगौरा भन्नुहुन्छ, ‘‘सिँचाइको सुविधा नहुँदा किसान वर्षायाममा धान रोप्न छोडेर चैते धानखेती गर्छन् ।’’

डगौराले वर्षे धान नरोपेको एक दशकभन्दा बढी भयो । वर्षात्मा धान रोपे पनि त्यहाँका किसानले धान कहिल्यै भित्र्याउन पाएका थिएनन् । ‘‘वर्षात्मा खेत सधैँ जलमग्न हुन्छ, रोपेको धान डुबानले हराउँछ ।’’ डगौरा भन्नुहुन्छ,‘‘तर यसवर्ष पानी कम परेका कारण दुई पटक धान फल्यो, हामी त दङ्ग छौं ।’’ भजनी नगरपालिकाका हुलाकी सडक आसपास किसानको घरआँगन सडकको पेटीमा अहिले चैते धानको भकारी देख्न पाइन्छ । आफूहरूले वर्षात्को समयमा बाढीको डरले सडकको पेटीमा भकारी राख्ने गरेको स्थानीयवासी पुन्सी लामा बताउनुहुन्छ, ‘‘बाढी आएमा घर डुबानमा पर्ने भएकाले हामीले धानका भकारी सडक छेउमा राखेका हौँं । यहाँ बाढी आए पनि धान जोगाउन सकिन्छ भनेर ।’’

दुई पटक बाला लागेपछि किसान चैते धानबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनीहरुले उत्पादनका लागि प्राङ्गारिक मल प्रयोग नगरी रासायनिक मल प्रयोग गरिरहेका छन् । कृषि विज्ञको भनाइअनुसार रासायनिक मलले स्वास्थमा प्रत्यक्ष असर नपरी जैविक विविधतामा असर पार्छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फका कार्यक्रम संयोजक भरतबहादुर कँडेल रासायनिक मलको प्रयोग सकेसम्म घटाउनतर्फ किसान जागरुक हुनुपर्ने बताउनुहुन्छ,‘‘मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि जैविक विषादीको प्रयोग बढाउनुपर्छ, रासायनिक विषादीको प्रयोग कम गर्न सल्लाह दिने गरेका छौं ।’’ उहाँ भन्नुहुन्छ । त्यहाँका किसानले विकल्पको रुपमा चैते धानखेती गरिररहेका हुन् । उनीहरुले परम्परागत तरिकाबाट चैतेधान रोप्ने गरेका छन् । चैते धानखेती कृषि प्राविधिकको सल्लाह र आधुनिक तरिकाबाट लगाउन सके किसानको आम्दानीको बाटो बन्न सक्ने कृषि प्राविधिक बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु
वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
स्कूलमा प्राचीन मुद्रा प्रदर्शन
स्कूलमा प्राचीन मुद्रा प्रदर्शन
चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया
चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि अर्जेन्टिना प्रस्थान गर्दै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि अर्जेन्टिना प्रस्थान गर्दै
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ