गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए

सारांश

  • काठमाडौं, माघ १७ ।
  • दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाएको केसमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी पनि तानिएका छन् ।
  • घटना हुँदा आफू बिदामा बसेको बताउँदै आएका डिएसपी तिलक भारतीलाई पनि छानबिनका लागि महानगरीय प्रहरी परिसर काठमाडौ तानिएको छ ।

काठमाडौं, माघ १७ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाएको केसमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी पनि तानिएका छन् ।

घटना हुँदा आफू बिदामा बसेको बताउँदै आएका डिएसपी तिलक भारतीलाई पनि छानबिनका लागि महानगरीय प्रहरी परिसर काठमाडौ तानिएको छ ।

तर, डिएसपीको पनि भूमिका शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तानिएको प्रहरी स्रोतको भनाइ छ । उनको ठाउँमा दरबारमार्ग वृत्तमा कसलाई पठाउने भन्नेचाहिँ टुंगो लागेको छैन ।

प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले गुपचुप बलात्कार जस्तो गम्भीर अपराधको घटना गुपचुप मिलाएको बताइँदै आएको थियो । प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरिसकेको छ ।

माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि केटासाथी सहिततीन जना युवाले बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् ।

यही विषयमा यसअघिनै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?