मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
सारांश
- शिखरन्युज १८ असार ।
- वर्षात शुरु भएसँगै देशका धेरै ठाउँमा आइतबार रातिदेखि पानी परिरहेको छ ।
- पानी परिरहने देखिएकाले जोखिम भएका ठाउँका बासिन्दालाई सचेत रहन आग्रह समेत गरेको छ ।
शिखरन्युज १८ असार । वर्षात शुरु भएसँगै देशका धेरै ठाउँमा आइतबार रातिदेखि पानी परिरहेको छ । पानी परिरहने देखिएकाले जोखिम भएका ठाउँका बासिन्दालाई सचेत रहन आग्रह समेत गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तथा पश्चिम, चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम तर्फका ठाउँमा अझै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभरिमा सामान्य वर्षा केही ठाउँमा भारी पानी पर्ने बताइएको छ ।
गोरखा, धादिङ, लमजुङ र कास्कीका केही भागमा बाढी पहिरोको सम्भावना रहेकाले सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।
बागमती र नारायणी नदी आसपासका स्थानीयबासीलाई सावधानी अपनाउन भनिएको छ । मध्यरातिको वर्षाका कारण पश्चिमको बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । त्यस क्षेत्रमा डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावना समेत आँकलन गरेको छ । देशभरी मनसुन सक्रिय भएकोले दुई तीन दिन भरि परिरहने मौसमविदले बताएका छन् । चुरे र महाभारतबाट बहने प्राय सबै नदीमा जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
Sher Bdr
Jati jhapare sapare pain sabai taha oda ma bahun haru can ta bhanda ma k mam bhanne bichar xa k hi June wala xaina