कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
सारांश
- कपिलवस्तु, १४ मंसिर।
- पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
- कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु, १४ मंसिर। पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो । घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया