देउवा विरुद्धको उजुरीमा आर्जुले दिइन जवाफ
सारांश
- डडेलधुरा ।
- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीले जवाफ देउवाले आर्जु राणा देउवा मार्पmत निर्वाचन अधिकृतको कार्यालयमा पठाएका छन ।
- देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीले जवाफ देउवाले आर्जु राणा देउवा मार्पmत निर्वाचन अधिकृतको कार्यालयमा पठाएका छन ।
देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो।
नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो।
देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवा सातौं पटक डडेल्धुरा निर्वाचन लड्दै छन्।
प्रतिक्रिया