एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा

सारांश

  • शिखरन्युज १८ असार – गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को रिजल्ट निकाल्दा गम्भीर गल्ती भएको भन्दै परीक्षा नियन्त्रक कार्वाहीका लागि तानिएका छन् ।
  • परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई कार्वाहीका लागि मन्त्रालय तानिएको हो ।
  • उनलाई कार्वाहीस्वरुप के गर्ने भन्नेबारे स्पष्ट भैसकेको छैन ।

शिखरन्युज १८ असार – गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को रिजल्ट निकाल्दा गम्भीर गल्ती भएको भन्दै परीक्षा नियन्त्रक कार्वाहीका लागि तानिएका छन् ।

परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई कार्वाहीका लागि मन्त्रालय तानिएको हो । उनलाई कार्वाहीस्वरुप के गर्ने भन्नेबारे स्पष्ट भैसकेको छैन ।

प्रतिवेदन विस्तृत अध्ययनपछि थप कारबाही गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले बताएका छन् । ‘अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ’ मन्त्री पोखरेलले भने । समितिको प्रतिवेदनमा के लेखिएको छ भन्ने बारे मन्त्रालयले सार्वजनिक गरेको छैन ।

एकसाताअघि गठन गरिएको समितिले हिजो आइतबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययन लगत्तै मन्त्री पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको हो । उनलाई व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

रिजल्ट निकाल्दा गम्भीर गल्ती गर्दा विद्यार्थीहरुलाई मानसिक रुपमा असर पुगेको थियो । त्यस क्रममा भएको गल्तीबाट नियन्त्रकभन्दा माथि वा तलको अरु कर्मचारीलाई पनि कार्वाही हुने सम्भावना छ । तर, मन्त्रालयले अहिले नै कुनै स्पष्ट गरिसकेको भने छैन ।

परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी भएपछि शिक्षा मन्त्रालयले असार ११ मा शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल समितिमा रहेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट असार ९ गते एसइईको परीक्षाफल प्रकाशित गर्दा विद्यार्थीहरुको मूल अभिलेख भन्दा फरक पारी निकालिएको थियो । केही घण्टापछि फेरि सच्चाइएको थियो ।

कारबाहीस्वरुप मन्त्रालय तानिएका नियन्त्रक रेग्मीले आफूलाई औपचारिक कुनै जानकारी नआएको बताएका छन् । उनले सरकारले गर्ने निर्णय आफूले मान्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Rai

    सप्तकोशी नदी छदैछ नि!बोरामा पोका पारेर जलबिहार गर्न लगाउदा कसो होला यस्ता कामचोरलाई।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानी विदेश मन्त्री जवाद जरीफले दिए राजीनामा
इरानी विदेश मन्त्री जवाद जरीफले दिए राजीनामा
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?