‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
४४ पटक हेरिएको
Shares
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’

सारांश

  • काठमाडौं, १२ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीकै निर्देशनमा गोकुल प्रसाद बाँस्कोटाले भ्रष्टाचारको काण्ड मच्चाएको भनेर बाहिर चर्चा भएको विषयको खण्डन गरेका छन् ।
  • उनले भने,‘प्रधानमन्त्रीकै निर्देशनमा भन्दापनि नेपालका मिडिया केही निहित स्वार्थका घराना, उद्यमी, व्यवसायीहरुको घरानाको भरिया बने, तिनले प्रधानमन्त्रीलाई अनुचित रुपमा दोषारोपण गर्ने कोशिस गरे, कुरा यत्ति हो ।

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीकै निर्देशनमा गोकुल प्रसाद बाँस्कोटाले भ्रष्टाचारको काण्ड मच्चाएको भनेर बाहिर चर्चा भएको विषयको खण्डन गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीकै निर्देशनमा भन्दापनि नेपालका मिडिया केही निहित स्वार्थका घराना, उद्यमी, व्यवसायीहरुको घरानाको भरिया बने, तिनले प्रधानमन्त्रीलाई अनुचित रुपमा दोषारोपण गर्ने कोशिस गरे, कुरा यत्ति हो ।’

आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । थापाले थपे,‘सबै मिडियो होईनन् फेरि, केही मिडियाहरु, तिनको स्वार्थ, गोकुल बाँस्कोटाका कारणले पूरा नभएको, उहाँ मन्त्री हुँदा उहाँले लिएका नीतिहरुको कारणले पूरा नभएको, तिनले देशको कानून, संविधान मान्नु नपर्ने, त्यसअनुसार आफूलाई चाहीँ प्रस्तुत गर्नु नपर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नु नपर्ने, त्यसपछि अमुक घरानाको लाईसेन्सको पक्षमा, अमुक निहित स्वार्थको पक्षमा, कन्फिल्क्ट अफ ईन्ट्रेष्ट बोकेर, व्यवसायिक कुनै पत्रकारिता होईन, त्यस ढंगले गरेका, सरकारले तिनले चलाउने होईनन नि, सरकार जनताले म्याण्डेट दिएको र संसदले निर्माण गरेको, सरकारले सरकार चलाउने हो, मिडियाले सरकार चलाउने होईन् । त्यसो भएको हुनाले प्रधानमन्त्रीलाई मिडियाले गल्ती गर्दा बाटो देखाउने वा आलोचना गर्ने हुनसक्छ । तर, प्रधानमन्त्री मिडियाको डिक्टेशन अनुसार चल्ने कुरा हुन सक्दैन् ।’

उनले प्रधानमन्त्री जनादेश र त्यसको डिक्टेशनमा चल्ने स्पष्ट पारे । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने कुरामा ७० करोड कमिशन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता छैन भनेर तपाई दाबी गर्न सक्नुहुन्छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने,‘सिंगो संसारले लेखेपनि केपी शर्मा ओली घुस, भ्रष्टाचार, अनियमितताबाट धेरै टाढा बसेर त्यसको नियन्त्रणमा र शून्य सहनसिलतामा भ्रष्टाचार गर्नपनि दिन्न र भ्रष्टाचार पनि गर्दिन् भन्ने मान्यता राख्ने प्रधानमन्त्री हो । र, उहाँलाई दोषारोपण गर्न खोज्नेहरुले आफ्नो अनुहार ऐनामा हेरुन्, कुन मिडिया सञ्चालन गरेर आज आफ्नो हैसियत कस्तो बनाएका छन् ? कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरुपयोग गरे ? कसरी आफ्नो निहित स्वार्थका निम्ति मिडियालाई माध्यम बनाए ? ती सबै जनताको निगरानीबाट टाढा छैनन् ।’

गोकुल बाँस्कोटा त प्रधानमन्त्रीको विश्वासपात्र हुनुहुन्थ्यो ? प्रधानमन्त्रीलाई जानकारी नै निदिई यत्रो ठूलो कमिशन काण्डमा मुछिनुभयो होला त ? भन्ने आशयको अर्को प्रश्न पत्रकार धमलाले गर्दा थापाले बाँस्कोटा प्रधानमन्त्रीको विश्वास पात्र नै भएको स्विकारे । उनले थपे,‘विश्वासपात्र हुनुहुन्थ्यो, मन्त्री हुनुहुन्थ्यो, प्रवक्ता हुनुहुन्थ्यो । पार्टीले टिकट दिएर चुनाव जिताएको हो । म तपाईलाई यहाँनिर भन्न चाहन्छु । एकथरी मानिसहरु के भन्दैछन् ? थाहा छ ? सेक्युरिटी प्रिन्टिङ प्रेस ल्याउने कुरामा निहित स्वार्थवस नीति तथा कार्यक्रममा ल्याईयो, बजेटमा ल्याईयो भनेका छन् । त्यस्तो देशघाती उल्लुहरु नेपालमा छन् । जसले के भन्छन् भने सेक्युरिटी प्रेस चाहिँदैन् । अरबौं रुपैयाँ नेपालको नोट छाप्ने सन्दर्भमा, नेपालको चेकबुक छाप्ने सन्दर्भमा, पासपोर्ट छाप्ने सन्दर्भमा, नेपालको राज्यकोषबाट अरबौं रुपैयाँ वर्षे्निक विदेशिन्छ । नेपालको आफ्नै सेक्युरिटी प्रिन्टिङ प्रेस बनाएर त्यो रकम जोगाउने, र त्यो सामथ्र्य बनाउने भन्ने कुरा हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
यातायात सिन्डिकेटबाट वार्षिक १ अर्ब देशलाई घाटा
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?