कानुन व्यवसायीको आन्दोलनपछि ३ जना न्यायाधीशको सरुवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कानुन व्यवसायीको आन्दोलनपछि ३ जना न्यायाधीशको सरुवा

सारांश

  • काठमाडौं, १८ असार ।
  • राजविराज उच्च अदालतमा आर्थिक चलखेलको आरोपसहित नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले सुरु गरेको आन्दोलनका कारण उच्च अदालत जनकपुर राजविराज इजलासका ३ न्यायाधीशको सरुवा भएको छ ।
  • कानुन व्यवसायीहरुले लगातार इजलास बहिष्कार गरेपछि आइतवार साँझ ती न्यायाधीशहरुको सरुवा भएको हो ।

काठमाडौं, १८ असार । राजविराज उच्च अदालतमा आर्थिक चलखेलको आरोपसहित नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले सुरु गरेको आन्दोलनका कारण उच्च अदालत जनकपुर राजविराज इजलासका ३ न्यायाधीशको सरुवा भएको छ । कानुन व्यवसायीहरुले लगातार इजलास बहिष्कार गरेपछि आइतवार साँझ ती न्यायाधीशहरुको सरुवा भएको हो ।

न्याय परिषद्ले न्यायाधीशहरु मोहनबहादुर कार्की, सल्लाहउद्दिन अख्तर सिद्धिकी र नसरुल्लाह अन्सारीको काज सरुवा गरेको राजविराज इजलासका रजिस्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिए । सिद्धिकीको सर्वोच्च अदालत, कार्कीको जनकपुर उच्च अदालत र अन्सारीको दिपायल उच्च अदालतमा सरुवा भएको छ, ।

राजविराज उच्च उदालत बार एसोसिएसनका सचिव विमलकुमार साहले सोमबार बारको बैठक बसेर बहसमा भाग लिने या नलिने बताए । उनका अनुसार कानुन व्यवसायीले राय किताव र फैसला फरक पार्ने न्यायाधीशहरुलाई कारबाहीसहित सम्पूर्ण न्यायाधीशहरुको सरुवा हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?