एक वर्षमा १२७ जना चेलीको उद्धार, १४ जना संरक्षणमा
सारांश
- माधव बेल्वासे, कपिलवस्तु,चन्द्रौटा, २ साउन ।
- एक वर्षको अवधिमा कपिलवस्तु वाट १ सय २७ जना महिला तथा बालिकाहरुलाई उद्धार गरेको छ ।
- के.
माधव बेल्वासे, कपिलवस्तु,चन्द्रौटा, २ साउन । एक वर्षको अवधिमा कपिलवस्तु वाट १ सय २७ जना महिला तथा बालिकाहरुलाई उद्धार गरेको छ । के.आई नेपाल ले मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्य तथा नियन्त्रण गर्दै मानब बेचबिखन मुक्त समाज निमार्णको लागी के आइ नेपालले १४ जना चेलीहरुलाई सक्षम र सबल बनाउनका लागि सुरक्षित आवास गृह चितवन पठाएको के आई नेपालले जनाएको छ ।
के.आई नेपालले मानब बेचबिखन नियन्त्रणका लागि बिभिन्न कार्यक्रम गनुका साथै सामुदायिक कार्यक्रम पनि निरन्तर अगाडी बडाउदै आएको छ ।समुदाय स्तरमा नै चेलीहरुलाई सबल र सक्षम बनाउने सोचले आयमुलक कार्यक्रम र नेतृत्वबिकास सम्बन्धि कार्यक्रमलाई जोड दिदै आएको के आई नेपालका जिल्ला संयोजक केशर विश्कर्माले जनाए ।यस्तै के.आई नेपाललले बिभिन्न समयमा स्थानीय सरकार तथा बुद्धिजिबीहरु संग मानब बेचबिखन नियन्त्रणमा छलफल तथा मानब बेचबिखनमा सक्रिय रुपमा सहयोग गर्दै आउनु भएको ब्याक्तिहरुलाई सम्मान समेत गदै आएको छ।
त्यस्तै केआई नेपालले सचेतनामुलक कार्यक्रमहरु प्नि निन्तर रुपमा गर्दै आएको छ । भने भारतमा रहेका भारतीय सेनाहरुलाई समेत मानब बेचबिखन र नियन्त्रण सम्बन्धि कक्षा संञ्चालन गर्दै आएको छ । भारतसँग सीमा नाका जोडिएका जिल्लाहरुमा सीमा निगरानी केन्द्र राखी ६ वटा जिल्लाहरुका ८ वटा सीमा नाकाहरुमा सीमा निगरानी केन्द्रहरुबाट मानब बेचबिखन तथा ओसारपसार रोक्ने कार्यहरु संगै पूनस्र्थापना गृह, समुदाय परिचालन र विकास परियोजना, तथा रेडियो कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रम संचालनमा गर्दै आएको विश्वकमाले जनाए ।
बिगत १० बर्ष देखि कपिलबस्तुमा क्रियाशिल रुपमा काम गदै आएको संस्था के.आई नेपालले आ.ब ७४÷७५ मा भारत सीमा नाका हुदै भारततर्फ जाने महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको छ।मानब बेचबिखनको यात्रालाई अझै शसक्त रुपमा अगाडी बढाउने के.आई नेपालका जिलला संयोजक केसर बिश्कर्माले बताएका छन ।
प्रतिक्रिया