चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन

सारांश

  • कपिलबस्तु, बैशाख २६ ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।
  • उनले मुलुकको आर्थिक अवस्थालाई ध्यान नदिई लादिएको संघीयताले चरम आर्थिक संकट निम्त्याउने जिकिर समेत गरेका छन् ।

कपिलबस्तु, बैशाख २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।

उनले मुलुकको आर्थिक अवस्थालाई ध्यान नदिई लादिएको संघीयताले चरम आर्थिक संकट निम्त्याउने जिकिर समेत गरेका छन् ।

राष्ट्रिय जनमोर्चा कपिलबस्तुको छैठौं जिल्ला सम्मेलनलाई मंगलबार तौलिहवामा संवोधन गर्दै वर्तमान संघीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुन नसक्ने समेत बताए ।

‘यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन्’, अध्यक्ष केसीले भने, ‘जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागी देशमा अझै ठूलो क्रान्ति गर्नुपर्ने आवश्यकता छ ।’

राष्ट्रिय जनमोर्चा संघीय प्रणालीको विरोधी नभएको अध्यक्ष केसीले बताए । ‘संघीयता एउटा प्रणाली हो । हामी त्यो प्रणालीकै विरोधी होइनौं । बिकासिल मुलुकमा त्यो प्रणाली सफल भएको छ, तर नेपालमा त्यो सफल हुन सक्दैन’, उनले भने–‘संघीयता नेपालको आर्थिक अवस्थाले धान्न सक्दैन । संघीयता नेपाली जनताको आवश्यकता र माग दुवै होइन ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mohan Singh

    बुडा कै कुरा गरि रहको भत्ता खाने बस्ने

    Comment Author

    Jyoti Khanal

    Yo chahi sahi kuro.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग
उपप्रधानमन्त्री लिङ्देन र राजदूत भोल्कबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री लिङ्देन र राजदूत भोल्कबीच शिष्टाचार भेटवार्ता
मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार
मालपोतमा हुने झण्झट समाप्त पार्दै सरकार
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट
दोस्रो चरणको मतदान अब असार १४ मा

तपाईंले छुटाउनुभयो कि?