३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
सारांश
- सुन तस्करबाट कसले कति रकम लिए ?
- एसएसपी श्याम खत्रीले तीन पटक गरेर एक करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको छ ।
- एकै पटक उनले एक करोड एक लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ ।
सुन तस्करबाट कसले कति रकम लिए ?
एसएसपी श्याम खत्रीले तीन पटक गरेर एक करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको छ । एकै पटक उनले एक करोड एक लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ । त्यस्तै खत्रीले तस्करहरुसँग एक पटक ७ लाख र अर्को पटक ४ लाख रुपैयाँ लिएका थिए ।
जवान खड्काले पनि खत्रीकै नाममा पैसा लिने गरेका थिए । त्यस्तै, मुद्दा दायर भएका अम्बरबहादुर मगरलाई पनि उनले नै तस्करलाई सहयोग गर्न खटाएका थिए । प्रतिवादीमध्ये जवान विष्णुबहादुर खड्काले दुई पटक गरेर १९ लाख रुपैयाँ लिएका थिए ।
पूर्व डिआइजी गोविन्द निरौलाले एक पटक ८ लाख र अर्को पटक ९ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको छ । एसपी विकासराज खनालले एक पटक ४ लाख र अर्को पटक १ लाख रुपैयाँ गरी ५ लख लिएको देखिन्छ ।
डिएसपी सञ्जय राउतले एक पटक ३ लाख र अर्को पटक १२ लाख रुपैयाँ लिएका थिए । रजिस्टर र डायरीमा लेखेरै उनीहरुलाई पैसा दिइएको थियो । सोही प्रमाणका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रहरीमध्ये सई बालकृष्ण सञ्जेलले समेत २ वर्षदेखि गिरोहका नाइके चुँडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार गर्दै आएको उल्लेख छ । एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन । अनुसन्धानमा लापर्बाही गरेकै आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।
यस्तो छ जिल्ला अदालत मोरङमा पेस गरिएको प्रमाण


Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?