गंगामाया अधिकारी अनशन तोड्ने
सारांश
- काठमाडौं, २५ असार ।
- फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरलगत्तै जेल चलान गरेपछि गंगामाया अधिकारीकाे अनशन तोड्ने प्रयास सुरु गरिएको छ ।
- ७८ वर्षीय अभियुक्त पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।
काठमाडौं, २५ असार । फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरलगत्तै जेल चलान गरेपछि गंगामाया अधिकारीकाे अनशन तोड्ने प्रयास सुरु गरिएको छ ।
७८ वर्षीय अभियुक्त पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । उनलाई डिल्लीबजार सदरखोरमा राखिएको छ ।
छोराको हत्यारालाई कारबाहीको माग गर्दै गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशनरत गंगामायाको अनशन तोड्ने प्रयास भइरहेको मानव अधिकारकर्मीहरुले बताए छन् ।
अधिकारकर्मी सुवोधराज प्याकुरेललगायतको पहलमा गंगामायालाई तोडाउने प्रयास भइरहेको छ । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका पौडेललाई सर्वोच्चमा आत्मसमर्पण लगरेलगत्तै आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको हो।
अभियुक्त पौडेल जेल चलान गरिए पनि अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारबाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् ।
तर, महान्यायाधिवक्ता अग्नि खरेलले गंगामायाको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान भइसकेकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् । सम्भवतः गंगामायाको अनशन आजै अन्त्य जनाइएको छ ।
तत्कालीन माओवादीका नेताहरुले छविलाललाई अदालतमा उपस्थित गराउने कुराले गंगामायाको अनशन तोडिने तर द्वन्द्वकालीन मुद्दाहरु यही आधारमा सक्रिय हुने आशंका व्यक्त गरेपछि यो प्रक्रिया लम्बिएको थियो ।
०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।
Gyanu Khawash
शाहिनेपाली कांग्रेस को नाङ्ले पसल बन्द हुने भएच