सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३० पटक हेरिएको
Shares
सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो

सारांश

  • काठमाडौं – नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ।
  • सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ।
  • अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

काठमाडौं – नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

‘मन्त्रिपरिषद्बाट निर्णय गरी तोकिएभन्दा फरक स्पेसिफिकेसनको हेलिकप्टर खरिद गरेको मनासिब देखिएन,’ महालेखाको ५५औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। मन्त्रिपरिषद्को २०७४ जेठ १८ को बैठकले अतिविशिष्ट व्यक्ति (भिभिआइपी) राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको प्रयोजनका लागि इटालियन हेलिकप्टर निर्माण कम्पनी अगस्टा वेस्ट ल्यान्डसँग एक थान हेलिकप्टर खरिद गर्न सेनालाई स्वीकृति दिएको थियो। सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले रकमान्तर गरी सेनालाई एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ (३) मा कुनै खास उत्पादक कम्पनीबाट निर्मित सामान खरिद गर्नेगरी स्पेसिफिकेसन तयार गर्न नहुने उल्लेख छ। सोही ऐनअन्तर्गत बनेको नियमावली, २०६४ को नियम ११ मा चालू वा अघिल्ला वर्षमा खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय वा अन्य बजारको प्रचलित दरभाउ र ढुवानी खर्चसमेतको आधार लिई लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ। तर सेनाले ऐन र नियमावलीको धज्जी उडाउँदै हेलिकप्टर खरिद गरेको देखिन्छ।

‘एउटा मिडियम हेलिकप्टर खरिद गर्न इटालीको एक कम्पनीले उपलब्ध गराएको मूल्यलाई मात्र आधार लिई युरो एक करोड ४० लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरी सूचीकृत हुन सूचना माग गर्दा ६ देशका कम्पनी सूचीकृत भएको देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ। तर सूचीकृत सबै कम्पनीबाट प्रस्ताव मागेकोमा लागत अनुमानका लागि मूल्यसूची उपलब्ध गराउने इटालीको एक कम्पनीले मात्र प्रस्ताव पेस गरेकाले उसबाट एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरोमा खरिद सम्झौता गरी सेनाले प्रतीतपत्र खोलेको महालेखाले जनाएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    KS Gyalvo

    नेपाली सेना भनेको जन्तलाइ धम्क्याउन , देश बिकासमा चहिने बजेट बिना अर्थको काम्म सिद्याउन मात्र हो यो बुझेकै कुरा हो

    किनकी देशको सिमानामा मिचियो सेनाले हेर्नु पर्यो भनेर जन्तले भन्दा त्यो हाम्रो काम होइन भनेर बिगतमा सेनले भनिसक्यो र गर्नसक्ने पनि केहि देखियेन
    अनि केका लागी सेना ?
    उइ देशभित्रका जन्तलाइ धम्क्याउन र बजेट सिद्याउन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
वैदेशिक रोजगारीमा ४३ लाख युवा
वैदेशिक रोजगारीमा ४३ लाख युवा
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु
नेपालमा कोरोनाको प्रकोप बढ्दो, प्रतिघण्टा २७ जना संक्रमित थपिदै
सागर ढकालले देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले  पुजे
सागर ढकालले देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पुजे

तपाईंले छुटाउनुभयो कि?