अब बन्ने प्रधानमन्त्री ओली नै हो :एकनाथ ढकाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २८, २०७९
|
|
२० पटक हेरिएको
Shares
अब बन्ने प्रधानमन्त्री ओली नै हो :एकनाथ ढकाल

सारांश

  • धनगढी ।
  •  नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
  • आइतबार नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे ।

धनगढी । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

आइतबार नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे ।

सुर्यमा मत माग्दै देशव्यापी अभियानमा हिँडेका ढकालले जनतामा ओली प्यांस रहेको आफूले पाएको बताउदै मङ्सिर ४ गते जनताको उक्त प्यास मेटिने जिकिर गरे।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्री बन्ने संबैधानिक मान्यताको बिपरित अदालती परमादेशबाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धति र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने विश्वास ब्यक्त गरे ।

परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

सूर्य चिन्ह वाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागि नेकपा एमालेसंग मिलेर काम गर्ने बताए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह, कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा सम्पन्न भयो।

भेलामा बोल्दै नेता रानाले मंसिर– ४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई समृद्धिको दिशातिर लाने दावी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसि बताए ।

कार्यक्रममा कञ्चनपुर ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिम प्रदेशवाट सुर्य चिन्हमा २० हजार हजार मत खसाल्ने दावी गर्दै सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए।

नेकपा ऐमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५ (क) का उम्मेदवार नेपालु चौधरी र प्रदेश सभा ५ (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि.क, निर्मला श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, धर्म रोकाया, सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियू सुदुरपश्चिम संयोजक मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अध्यक्ष ढकालको स्वागतमा स्थानीय सस्कृति झल्कने झाकीहरु प्रस्तुत गरिएको थियो। कार्यक्रम लगतै आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष ढकालले ओलीको प्रसंसा गर्दै समसामयिक राजनीतिमा ओलीको तुलना अरु कोहि हुन नसक्ने दावी गर्दै उनलाई जनताले निर्बिकल्प फेरी प्रधानमन्त्री बनाउने ठोकुवा गरे ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    binance registro

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance referal code

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    Maisie

    I’m not that much of a online reader to be honest but your sites really nice, keep it up!

    I’ll go ahead and bookmark your website to come
    back in the future. Cheers

    Feel free to visit my web site: خرید آی پی ثابت

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?