हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम

सारांश

  • हेटौडा,२५ असार ।
  • “हाम्रो अभियान सुरक्षित र सहज ट्राफिक व्यवस्थापन” भन्ने मूल नाराका साथ सुरक्षित सवारी परिचालन सम्बन्धि मध्यक्षेत्रिय प्रहरी कार्यालय पथलैयाले हेटौडामा भएका सरकारी सवारी चालकहरुलाई एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
  • जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल प्रमुख अतिथि र मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बूढा बिशिस्ट अतिथि रहेको कार्यक्रममा मकवानपुर ट्राफिक प्रहरी निरिक्षक दिलेन्द्र ठाकुरले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो।

हेटौडा,२५ असार । “हाम्रो अभियान सुरक्षित र सहज ट्राफिक व्यवस्थापन” भन्ने मूल नाराका साथ सुरक्षित सवारी परिचालन सम्बन्धि मध्यक्षेत्रिय प्रहरी कार्यालय पथलैयाले हेटौडामा भएका सरकारी सवारी चालकहरुलाई एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल प्रमुख अतिथि र मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बूढा बिशिस्ट अतिथि रहेको कार्यक्रममा मकवानपुर ट्राफिक प्रहरी निरिक्षक दिलेन्द्र ठाकुरले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो।

ट्राफिक प्रहरी निरिक्षक दिपेन्द्र कुमार सिंहले संचालन गर्नु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले अझै हामि माझ ट्राफिक नियम उलंघन गर्दा खुशीहुने गलत परिपाटी रहेको र ट्राफिक नियम उलंघन गर्नु हुदैन भन्ने मनमा भएपनि व्यवहारमा उतार्न नसक्दा दुर्घटना हुने गरेको बताउनु भयो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले दुर्घटना हुँदा ठुलो मुल्य चुकाउनु पर्ने हुदा कहिल्यै मानब जिबनलाइ पैसा संग तुलना गर्न नसकिने बताउनु भयो। अनुशिक्षण कार्यक्रम संचालन गरेकोमा आयोजकलाइ धन्यबाद दिदै यसले ट्राफिकको ट्राफिक व्यवस्थापन क्षमतामा पनि बृद्धि हुनुका साथै मान्छेको बाच्न पाउने अधिकार पनि सुरक्षित रहने बताउनु भयो।

मकवानपुर प्रहरी प्रमुख बुद्दिराज गुरुंगले चालकको ड्राइभिंगमा इमान्दारिता नभए जोखिम बढेर जाने बताउदै १० बर्षमा भएको मानबिय क्षतिलाइ दुर्घटनासंग तुलना गर्दा उस्तै रहेको बताउनु भयो ।

मध्यक्षेत्रिय ट्राफिक प्रमुख किरण बज्राचार्यले मानबिय क्षति भन्दा सवारी साधनको दुर्घटनाले हुने क्षति भयावह हुने बताउदै आफ्नो क्षेत्रमा भएको दुर्घटनाको बिवरण सुनाउनु भएको थियो।

दुर्घटनाका कारणहरुमा चालकको लापरवाही ,सवारी साधनको अवस्था र मुख्यकारणमा सडकको अवस्था रहेको बताउदै दुर्घटना न्यूनीकरणको लागि उपरिक्षक बज्राचार्यले नियम कानुन उलंघन अनुगमनको लागि शारीरिक भन्दा ठाउ ठाउँमा सीसी टिभी जडान गरि अत्याधुनिक प्रबिधिमा जानु जरुरि रहेको बताउनुभयो।

ट्राफिकले नियम उलंघन गर्नेलाई कारवाही भनेको जरिवाना गराउने नै हो भन्दै यसलाई नगदमा भन्दा भौचरमा गर्न सके ठुलो उपलब्धि हुने बताउदै उपरिक्षक बज्राचार्यले यसको लागि बिभिन्न निकायहरुको समन्यवको आवश्यकता रहेको बताउनु भयो।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले दुर्घटना न्युनिकरणको लागि ट्राफिक नियमको कडाइका साथ् परिपालन आवश्यक रहेको र यसको लागी संचारकर्मीको सधै साथ् रहने बताए।

नागरिक सरोकार समितिका अध्यक्ष केशब गौतमले पनि दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्तब्य राखेका थिए ।

कार्यक्रममा करिब ५० जना सरकारी सवारी चालकहरु सहभागी भएका थिए भने , नेपाल बिधुत प्राधिकरण हेटौडा ग्रिडका प्रमुख लगायत अन्य कार्यलय प्रमुखहरु र संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
पृथ्वीनारायण शाहदेखि कमल थापासम्मको राष्ट्रवाद
पृथ्वीनारायण शाहदेखि कमल थापासम्मको राष्ट्रवाद
यी हुन् मधुमेहका सुरुवाती लक्षण
यी हुन् मधुमेहका सुरुवाती लक्षण
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?