पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग

सारांश

  • यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ।
  • यो भिडियोमा एक महिला पेट्रोल पम्पकी कर्मचारी जस्तै देखिएकी छन्।
  • पोट्रोल पम्पमा एउटा घोडाको प्रवेश हुन्छ।

यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ। यो भिडियोमा एक महिला पेट्रोल पम्पकी कर्मचारी जस्तै देखिएकी छन्। पोट्रोल पम्पमा एउटा घोडाको प्रवेश हुन्छ। त्यो घोडामा यस्तो केही चिज हुन्छ जुन देखेर महिला कर्मचारी लजाउँछिन्। वास्तवमा भिडियोमा देखाइएको घोडाा वास्तविक होइन। यहाँ एउटा बाइकलाई घोडाका रुपमा कस्टमाइज गरिएको छ। पहिला त महिला कर्मचारी उक्त रथ देखेर छक्क परिन्। ती महिलोको हाउ भाउले के बताइरहेको थियो भने यो घोडालाई पेट्रोलको के आवश्यक पर्छ?तर केही समयपछि उनले कुरा बुझिन्। यतिबेला यो भिािडयो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

त्यसपछि बाइक मालिकले महिला कर्मचारीसँग बाइकमा पेट्रोल भर्न अनुरोध गरे। तर महिला कर्मचारी झन मुश्किलमा परिन् किनभने उक्त घोडा आकारको बाइकमा पेट्रोल कहाँबाट भर्ने? महिलाको द्विविधा देखेपछि बाइक मालिकले इसारा गरे अनि ती महिला कर्मचारीले थाहा पाइन कि पेट्रोल कहाँबाट भर्ने हो। ती महिला कर्मचारी पनि अचम्ममा पर्छिन्। उनी आफ्नो हाँसो रोक्न पनि सक्दिनन्। त्यसपछि उनी घोडा आकारको बाइकको पछाडिको भागमा पेट्रोल हाल्छिन्। शायद यस प्रकारको बाइक उनले पहिलो पटक देखेकी थिइन्। यो भिडियोलाई अहिलेसम्म हजारौँ मानिसले शेयर गरेका छन् र यो भिडियो तीव्र गतिमा भाइरल भएको छ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?