निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा

सारांश

  • काठमाडौँ, २५ असार ।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभएको छ ।
  • आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गर्नुभयो ।

काठमाडौँ, २५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभएको छ ।

आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गर्नुभयो । सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताउनुभयो ।

वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभयो, “निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि ।” टिकट वितरणमा केही कमजोरी भएको स्वीकार्दै उहाँले आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्ने बताउनुभयो ।

निर्वाचनमा पराजयको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो । प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको हो ।”

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।” पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उहाँले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफू सदैव लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि लडेको बताउँदै उहाँले लोकतन्त्र जोगाउनकै लागि आफू तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) सँग सहकार्य गर्न छोडेर काँग्रेसमा फर्केको स्मरण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?