५० किलो चरेशसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
५० किलो चरेशसहित पक्राउ

सारांश

  • रोल्पा, १४ माघ, माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ ।
  • चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।

रोल्पा, १४ माघ, माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।

थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?