सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु

सारांश

  • काठमाडौं ।
  • प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन थालिएको छ ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षा हुनु भन्दा अगाडि नै बाहिरिएको विषयमा छानबिन शुरु गरेको हो ।

काठमाडौं । प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन थालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षा हुनु भन्दा अगाडि नै बाहिरिएको विषयमा छानबिन शुरु गरेको हो ।

सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो ।
प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो ।

जिल्ला परीक्षा समन्वय समिति सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी एसईईको कुनै पनि प्रश्नपत्र सप्तरीबाट नबाहिरिएको दाबी गरेको छ । परीक्षाअघि नै सप्तरीबाट प्रश्नपत्र बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?