पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
सारांश
- बागलुङ, २७ असार – ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष रहेका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् ।
- काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब १५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।
- विभिन्न क्षेत्रबाट गरी हालसम्म पाँच लाख बढी रकम संकलन भएको छ ।
बागलुङ, २७ असार – ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष रहेका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् ।
काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब १५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म पाँच लाख बढी रकम संकलन भएको छ । पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट २ लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिएका छन् ।
महासंघका कोषाध्यक्ष रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो । शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत १० हजार रुपियाँ सहयोग गरिएको अध्यक्ष शिरीषले बताए । प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघ लगायतका संस्थाले सहयोग अभियान चलाएका छन् ।
हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म १ लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिए ।
धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ (शरीरले रगत उत्पादन नगर्ने) रोगको उपचारमा एक-डेढ महिनाको समय लाग्ने जनाइएको छ ।
अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेल रानाको उपचारमा संलग्न छन् । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक समेत हुन् । उनी सिभिल अस्पताल काठमाडौंमा उपचाररत छन् ।
प्रतिक्रिया