ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
४७ पटक हेरिएको
Shares
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर

सारांश

  • अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ ।
  • सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।
  • ट्याक्सीमाण्डु प्रा.

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।

ट्याक्सीमाण्डु प्रा.लि.ले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा रु. ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले TAXIMANDU1ST  प्रोमो कोड प्रयोग गर्नु पर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।

यसबाहेक ट्याक्सीमाण्डु प्रा.लि. आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राही यात्रुवर्ग प्रति थप जिम्मेवार बन्दै कोभिड १९ को संक्रमण फैलन नदिन सचेत बनेको छ । ट्याक्सी चालकहरुलाई यात्रुवर्गलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफुसँग आवद्ध सबै चालकलाई समय समय समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको छ । त्यसैगरी ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएको प्रबन्ध निर्देशक अर्जुन केसीले बताए ।

स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजार भन्दा बढि ट्याक्सी चालक आवद्ध भई यात्रुलाई सेवा दिइरहेका छन् । यसलाई अझै विस्तार गर्दै र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक केसीले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, ‘नेकपा’ले अहपरण गरेको आशंका
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, ‘नेकपा’ले अहपरण गरेको आशंका
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान
साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ
साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा  उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा उम्मेदवार चयन
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
बुधबारको राशिफल
बुधबारको राशिफल