संकटा मन्दिरबाट छ सय किलाे फाेहाेर व्यवस्थापन (फोटोफिचर)
सारांश
- काठमाडाै, ३ भदाै ।
- काठमाडाैकाे संकटा मन्दिर परिसरबाट करिब छ सय किलाे फाेहाेर व्यवस्थापन गरिएकाे छ ।
- विश्व सरसफाइ दिवसलार्इ लक्षित गरेर S-We Can Nepal र HIH Foundation काे संयुक्त अायाेजनामा मन्दिर सरसफार्इ गरिएकाे हाे ।
काठमाडाै, ३ भदाै । काठमाडाैकाे संकटा मन्दिर परिसरबाट करिब छ सय किलाे फाेहाेर व्यवस्थापन गरिएकाे छ । विश्व सरसफाइ दिवसलार्इ लक्षित गरेर S-We Can Nepal र HIH Foundation काे संयुक्त अायाेजनामा मन्दिर सरसफार्इ गरिएकाे हाे ।
S-We Can Nepal ले अायाेजना गरेकाे नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५ अन्तर्गत करिब ४० जना स्वयंसेवकहरूले सरसफाइ गरेकाे S-We Can Nepal का सदस्य जाेरा एस बिस्टले बताए । 

सरसफार्इ अभियानकाे पहिलाे दिन संकटा मन्दिर भएपनि प्रत्येक हप्ता फरक फरक ठाँउमा सरसफार्इ गर्ने बिस्टले बताए । उनले ‘हाम्राे सम्पदा हाम्राे शान स्वच्छ नेपाल महा-अभियान’ मुल नारामा अाबद्ध हुन सबैमा अाग्रह पनि गरेका छन् । अाउने शनिबार बाैद्ध स्तुपामा सरसफार्इ गरिने उनले बताए ।

करिब ३ बर्ष अगाडि सबिता कार्कीले queen vs king काे नाममा खाेलीएकाे फेसबुक ग्रुपमा हाल करिब १० हजार भन्दा बढि सदस्य रहेका छन । तर फेसबुक ग्रुपका रूपमा चलेकाे S-We Can-Nepal २०७५ साउन १७ गते गैरसरकारी संस्था (NGO)काे रूपमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएकाे S-We Can-Nepal की सस्थापक सबिता कार्कीले बतार्इन ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया