नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
सारांश
- काठमाडाैँ, २७ असार ।
- जिल्ला सभापतिहरूको भेलापछि कांग्रेसमा नयाँ गुटको ‘एक्सरसाइज’ सुरु भएको छ।
- जिल्ला सभापतिहरूको भेलाभन्दा अघि सभापति शेरबहादुर देउवाको कडा आलोचना गरिरहेका नेता रामचन्द्र पौडेल अहिले सामसुमजस्तै छन्।
काठमाडाैँ, २७ असार । जिल्ला सभापतिहरूको भेलापछि कांग्रेसमा नयाँ गुटको ‘एक्सरसाइज’ सुरु भएको छ।
जिल्ला सभापतिहरूको भेलाभन्दा अघि सभापति शेरबहादुर देउवाको कडा आलोचना गरिरहेका नेता रामचन्द्र पौडेल अहिले सामसुमजस्तै छन्। पौडेलले मध्यमार्गी लाइन लिएर देउवाको बचाउ गर्न थालेपछि कांग्रेसमा नयाँ गुटको एक्सरसाइज भएको हो। नयाँ गुट बन्ने हल्ला सुरु भएसँगै कांग्रेस तरंगित भएको छ।
पार्टी सभापति देउवाले आफूखुसी पार्टी चलाउँदासमेत पौडेल बोल्न छाडेको भन्दै नेताहरूले नयाँ गुट जन्माउन खोजेका हुन्। नयाँ बन्ने भनिएको गुटमा पौडेललाई ‘बाइपास’ गरिएको छ। पौडल समूहका अधिकांश नेता नयाँ गुटमा देखिने सम्भावना पनि बढेको छ। ‘जिल्ला सभापतिको भेलामा र त्यसपछिका अवस्थामा पौडेलजीको जुन व्यवहार आयो। यो हाम्रा लागि अस्वाभाविक भएन’ स्रोतले भन्यो, ‘उहाँले सभापतिसँग मिलेको छैन त भनिरहनुभएको छ। तर, हामीलाई पत्याउन गाह्रो भएको छ।’
पछिल्लो समय पार्टी नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र डा.शेखर कोइराला नयाँ गुटको अभ्यासमा छन्। यी समूहमा वरिष्ठ नेता पौडेल पनि नजिक हुने प्रयासमा छन्। तर, उनका पछिल्ला व्यवहारप्रति यो समूह खासै सन्तुष्ट छैन। त्यही कारण पनि पौडेलका निकट मानिएका सिंह उनीसँग पछिल्लो समय निकै असन्तुष्ट छन्। उनी अन्य तीन नेतासँग सहकार्य गर्न पुगेका छन्।
‘यो सहकार्य पार्टीको पक्षमा हो। सभापतिले पार्टीलाई विधानअनुसार चलाउन सक्नुभएन। उहाँ विधानविपरीत जाँदैन हुनुहुन्छ त्यसका लागि हामीले सहकार्य गरेका हौँ’, स्रोतले भन्यो।थाहा खवरअनुसार नयाँ गुटको अभ्यास भए पनि गुट नै बनिसकेको भन्न नमिल्ले नयाँ गुटको निर्माणमा भूमिका खेलिरहेका एक नेताले बताए। उनले भने, ‘अहिले अवसर पाउनका लागि सभापतिकोमा जानैपर्छ।
उहाँ सभापति भएकाले अधिकार प्राप्त हुनुहुन्छ। हाम्रो समूहमा त पार्टी सुधार्ने मात्र बस्ने हो। त्यसकारण अझै को को बाहिरनुहुन्छ र भित्रनुहुन्छ भन्ने निधो छैन।’ नयाँ बन्ने गुट आउने महाधिवेशनसम्म सभापतिको खबरदारीमा लाग्ने बताइएको छ। यस्तै सभापतिले सरकारको विरोध गर्न नसकिरहेका बेला यो गुटले सरकारका गलत कामको विरोध गर्ने बताइएको छ। स्रोतका अनुसार अहिले यी नेता हप्तामा २ पटकसम्म बैठक बसिरहेका छन्। ‘
आवश्यकताअनुसार नेताहरू हप्तामा दुई पटकसम्म बैठक बसिरहनुभएको छ’, स्रोतले भन्यो। तर, उनीहरूबीचमा पनि गुटको नेतृत्व कसले गर्ने भन्ने विषय मिल्न नसकेको नेता निकट स्रोतले थाहाखबरलाई जानकारी दियो। ‘अहिले तत्काल समूहको नेतृत्व कसले लिने भन्ने विवाद त छ’, स्रोतले भन्यो, ‘तर यो समयको मागअनुसार मिल्दै जान्छ। तत्काललाई सभापतिको कदमविरुद्ध यो ग्रुप बनेको हो।
’ शेखर सिटौलाको वार्ता बाक्लिँदै पछिल्लो समय पार्टी नेता सिटौला र शेखरको वार्ता बाक्लिँदै गएको छ। संविधान निर्माणताका लगभग बोलचाल नै बन्द भएका यी दुई नेताको पछिल्लो हिमचिम निकै बढेको छ। स्रोतका अनुसार शेखर सिटौललाई भेट्न आइरहन्छन्। यस्तै सिटौलाले पनि वार्ताका लागि पार्टी आफूनिकट मानिएका नेता भीमसेनदास प्रधानलाई पठाउने गरेका छन्।
यस्तै, नेता शेखरले पनि पछिल्लो समय पार्टी नेता सिटौला गुटका नेविसंघका महामन्त्री कुन्दन काफ्लेले आयोजना गरेको विभिन्न विरोध का कार्यक्रममा गएर आफ्ना भनाइ राखिरहेका छन्। उनले नेविसंघको कुन्दन गुटले गरेको कार्यक्रममा सभापति देउवको विरोध गर्दै आएका छन्। तर शेखर भने तत्काल गुट मर्ज गर्ने पक्षमा छैनन्। उनी सिटौलासँग कार्यगत एकता गरेर अघि बढ्ने पक्षमा छन्।
Chunna Paudyal
सिटौला र कोइराला एउटा गुटमा हून त सक्दैनन् ।
Dorna Sirmali
K garlan Buda ghoda le
Dhan Bisht
Sher bahadur जी र रामचन्द्र जी ले पार्टी को avhivawak vayera basnu uchit