बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
सारांश
- हेटौडा, १ साउन ।
- प्रदेस न ३ का मुख्यमन्त्री तथा मन्त्रिहरुको बजेटको कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिबहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।
- कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफुहरु अस्थाई भएको र जम्मा ५ महिनाको मात्र सरकार संचालनको अनुभब रहेको तर कर्मचारीहरु स्थाई सरकार रहेको बताउदै काम गर्न धेरै चुनौतिहरु रहेको बताउनु भयो।
हेटौडा, १ साउन । प्रदेस न ३ का मुख्यमन्त्री तथा मन्त्रिहरुको बजेटको कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिबहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफुहरु अस्थाई भएको र जम्मा ५ महिनाको मात्र सरकार संचालनको अनुभब रहेको तर कर्मचारीहरु स्थाई सरकार रहेको बताउदै काम गर्न धेरै चुनौतिहरु रहेको बताउनु भयो।
आफुले छिटो भन्दा छिटो काम गर्न चाहेको बताउदै मुख्यमन्त्री पौडेले प्रदेश न ३ लाइ सबैले हेरिरहेको भएपनि कानुनको अभाबमा अगाडी बढन नसकिएको अवस्था रहेको बताउनु भयो। मेघा प्रोजेक्टको लागि २,४ वा ५ कति बर्ष लाग्ने हो निश्चित समय नै तोक्नुपर्ने बताउदै वहाले कतिपय ठाउमा डीपीआर तयार भै सकेको ठाउमा पनि डीपीआर बनाउनु पर्ने भन्ने आएकोले, योजनाहरुको डीपीआर भए नभए लगायत केन्द्रिय बजेटमा समेत भए नभएको छुट्टयाउनु पर्ने देखिएको बताउनु भयो।
कतिपय ठाउमा सुधार गर्नुपर्ने देखिएको बताउदै मुख्यमन्त्री पौडेलले यसको लागि अर्थसचिवको सपोट जरुरि रहेको बताउनु भयो। समृद्द नेपाल र सुखी नेपाली भन्ने मूल भावनालाइ आत्मसात गर्दै सबैले व्यक्ति बिशेष भन्दा हामी भनेर काम गर्नुपर्ने बताउनु भयो। प्रदेशमा योजना आयोगको निर्णयहरु कार्वान्वयन हुदै जादा काम अगाडी बढने बताउदै वहाले समृद्द प्रदेस बनाउन सबै कर्मचारीहरुको पनि साथ् र सहयोग आवश्यक रहेको बताउनु भयो।
प्रतिक्रिया