स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४९ पटक हेरिएको
Shares
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल

सारांश

  • काठमाडौं, माघ २० ।
  •   नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् ।
  • खाश कार्यसुचि केही नभएकाले र कुनै सम्झौता गर्न आएको नभै सामान्य भेटघाटका लागि आएको अवस्थामा सफलता र असफलता भनेर टिप्पणी गर्न आवश्यक नरहेको रावलको भनाई छ ।

काठमाडौं, माघ २० ।  नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् ।

खाश कार्यसुचि केही नभएकाले र कुनै सम्झौता गर्न आएको नभै सामान्य भेटघाटका लागि आएको अवस्थामा सफलता र असफलता भनेर टिप्पणी गर्न आवश्यक नरहेको रावलको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले स्वराजको भ्रमण सद्वाभनाको रुपमा मात्रै लिइएको स्पष्ट पारे ।

विगतमा भारत र नेपालकाबिचमा समस्या उत्पन्न भएको स्मरण गराउँदै रावलले भने, “संविधान बनाउँदा नाकाबन्दीसमेत भयो । अब त्यो स्थितीलाई भारतले सुधारेर गयो भने यो भ्रमणलाई सफल भन्न सकिएला ।”

विगतमा भारत र एमालेबिचको तिक्तता मेटिएको हो भन्ने प्रश्नमा भने रावलले आफू स्वराजसँगको भेट वार्तामा सहभागि नभएकाले के उपलब्धि भयो भन्ने विषयमा जानकार नरहेको बताए ।

आफू राष्ट्रिय राजनीतिका सन्दर्भमा अछाम पुगेको जानकारी दिँदै रावलले सबै कुरा थाहा नभएको बताए ।

नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता र पारस्परिक हितका आधारमा भारतसँग सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तयार रहेको रावलको भनाई छ ।

“हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्नुभएन । हामीले संविधान बनाउँदा हामीमाथि किन नाकाबन्दी गर्ने ?” रावलले भने ।

नेपालले संविधान बनाउँदा भारतले नाकाबन्दी गर्दा त्यसको प्रतिकार एमालेले सशक्त रुपमा गरेकोले एमालेलाई भारतविरोधी भनिएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न  सक्दैन्: पहारी
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन्: पहारी
न्युज कारोबार डटकमका समाचार सम्पादक कार्यकक्षबाटै पक्राउ
न्युज कारोबार डटकमका समाचार सम्पादक कार्यकक्षबाटै पक्राउ
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?