धूलो र हिलोको शहरमा जीवनको खोजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०७४
|
|
५३० पटक हेरिएको
Shares
धूलो र हिलोको शहरमा जीवनको खोजी

सारांश

  • शहरमा विकासको बहस जति हुन्छ, त्योभन्दा बढी प्रक्रिया र तयारीले समय खान्छ ।
  • राजधानी शहर अहिले मेलम्चीको तिर्खा मेट्न धूलो र हिलोसँग पौंठेजोरी खेल्दै मूल्य चुकाइरहेको छ ।
  • पानीको पाइप राख्न र बाटो विस्तारका लागि जथाभावी सडक खनिँदा राजधानीवासी हर समय प्रदुषणमा सास फेर्न बाध्य छन् ।

शहरमा विकासको बहस जति हुन्छ, त्योभन्दा बढी प्रक्रिया र तयारीले समय खान्छ । राजधानी शहर अहिले मेलम्चीको तिर्खा मेट्न धूलो र हिलोसँग पौंठेजोरी खेल्दै मूल्य चुकाइरहेको छ ।

पानीको पाइप राख्न र बाटो विस्तारका लागि जथाभावी सडक खनिँदा राजधानीवासी हर समय प्रदुषणमा सास फेर्न बाध्य छन् । यही अवस्थामा स्वच्छ र स्वस्थ जीवनको खोजी गर्दै कलाकारको एक समूहले सांकेतिक विरोध गरेको छ । शनिबार पृथ्वी दिवस मनाइरहँदा वायु प्रदुषण र हिलाम्मे सडकको दुर्दशालाई कान्तिपुर फिल्म एकेडेमीका कलाकारले पर्फमेन्स आर्टमार्फत प्रस्तुत गरेका हुन् ।

तीनकुनेको प्रस्तुतिमा दर्शकको सहभागिताले उत्साहित बनाएकाले पृथ्वी दिवसको अवसर पारेर चावहिलमा पनि देखाएको चौलागाईंले बताए ।
कान्तिपुर फिल्म एकेडेमीका कलात्मक निर्देशक टंक चौलागार्इंको अवधारणामा विद्यार्थी कलाकारहरुले पानी परेपछि हिलाम्मे भएको सडकछेउमै हिलोमा नुहाएर शहरवासीको नारकीय भोगाइलाई प्रतीकात्मक रुपमा देखाए । शहरको उकुसमुकुसपूर्ण अवस्थालाई उनीहरुले प्लास्टिकले शिरदेखि पूरै जिउ ढाकेर प्रतिविम्बित गर्दै जीवनको खोजी गरे ।

यो समूहले केही दिनअघि व्यस्त र धुलाम्मे तीनकुने चौकमा यही शैलीमा राजधानीवासीको दयनीय भोगाइलाई चित्रण गरेको थियो ।

यो प्रस्तुतिमा फिल्म एकेडेमीका विद्यार्थी अरुण क्षेत्री, सञ्जोग रसाइली, कमल बोहोरा, मोहन जैसी, अभिनित चौलागाईं, सुरेन्द्र बस्नेत, स्वप्निल घिमिरे, योगिन राई, रक्षा कार्की, सजना थापा, परिच्छेद सेन, दिवस केसी लगायतले अभिनय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?