सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

सारांश

  • कर्णाली।
  • सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
  • नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका छन्।

कर्णाली। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका छन्। चन्दले ६ हजार १७० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे।

उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे।

नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रेसले चार वडामा जित हासिल गरेको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए।

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ। कांगे्रसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?