यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे

सारांश

  • काठमाडाै, ५ साउन ।
  • भीमदत्त नगरपालिका–१ का १०५ वर्षीया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन्।
  • अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

काठमाडाै, ५ साउन । भीमदत्त नगरपालिका–१ का १०५ वर्षीया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन्। अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

सोही अनुसार अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन्। ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ’, नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भने, ‘यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ।’

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उनको भनाइ थियो। प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले एक सय ६३ जनालाई रकम वितरण गरिएको छ। ‘यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिन्छु,’ अध्यक्ष कुँवरले भने, ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ।’

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उनले आफै वितरण गरेका थिए। वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गरे। ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ अध्यक्ष कुँवरले भने, ‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु।’

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ। ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,’ उनले भने, ‘उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु।’ वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ। उनीहरुले अध्यक्ष कुँवरको जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन्। तीन दशकदेखि गाउँमा बस्दै आएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताए।

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उनले भने, ‘तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं।’ एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भने, ‘अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन।’ पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झारेका थिए।

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ। अध्यक्षले तलब रकम वडामै वितरण गरेको सम्भवतः प्रदेश नं ७ मा नै यो पहिलो घटना हो।स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lal Lal B Kunwar

    very good man

    Comment Author

    Dipak Kunwar Dipes

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने  पक्राउ, अरूकाे खाेजी जारी
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन

तपाईंले छुटाउनुभयो कि?