नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,

सारांश

  • २५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् ।
  • मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण बामपन्थी प्रदर्शनकारीले उनको विवाहका क्रममा अवरोधको प्रयार गरेको थियो ।
  • शुक्रबार जिस चर्चमा मारियाको विवाह भइरहँदा चर्च बाहिर सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।

२५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् ।

मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण बामपन्थी प्रदर्शनकारीले उनको विवाहका क्रममा अवरोधको प्रयार गरेको थियो ।

शुक्रबार जिस चर्चमा मारियाको विवाह भइरहँदा चर्च बाहिर सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।

प्रदर्शनकारीले त्यहाँ अण्डाले आक्रमण गरेका थिए, जसका कारण मारियालाई सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठाइएको थियो ।

मारियाको विवाहमा उनका पिता रिकार्डो ब्यारोेस, पाराना राज्यको उप गभर्नर रहिसकेकी उनकी आमा लगायत ब्राजिली राजनीतिका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।

यस विवाहका लागि ब्राजिली कांग्रेसका कम्तिमा ३० सदस्य पारानाको राजधानी क्युरिटिवा आउने बताइएको थियो ।

प्रदर्शनकारीले त्यहाँ सरकारबिरोधी नारा लगाएका थिए मारियालाई सरकारको फेरवदलमा सहयोगी भूमिका खेलेको आरोपपनि प्रदर्शनकारीले लगाएका थिए ।

नव दम्पती र उनका पाहुनाहरुलाई सुरक्षित स्थानमा लानका लागि अन्तिममा दंगा नियन्त्रण पुलिसलाई बोलाइएको थियो ।

पारानाको गभर्नरका लागि मारियाकी आमा सिडा बोरगेटीले हालै चुनाव लड्ने घोषणा गरेकी छन् र यसका लागि उनलाई बामपन्थी पार्टी र युनियनले फण्ड दिएका छन् ।

मारियाको दावी यो छ कि प्रदर्शन यसै कारणले भएको थियो । साथै उनले भनिन्, ‘यो लोकतन्त्रको मान्यता हो ।’

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?